
फाइल तस्बिर
काठमाडौं, असोज ३०। दशैँको बेला भक्तजनको लागि मन्दिर,शक्तिपीठ नखोल्न गृह मन्त्रालयले आग्रह गरेको छ। मन्दिर तथा शक्तिपीठहरु नियमित पूजा गर्न बाहेक भक्तजनको लागि खुला नगर्न आग्रह गरेको हो ।
महान चाड बडादशैँको बेला विभिन्न शक्तिपीठहरुमा विशेष पूजाआजा गर्ने गरिन्छ । धेरै सङ्ख्यामा भक्तालुहरु शक्तिपीठहरु जाने हुनाले गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले मन्दिर तथा शक्तिपीठहरुमा भिडभाड हुँदा कोरोना संक्रमण (कोभिड १९) को जोखिम झनै बढ्ने भएकाले भक्तालुहरुका लागि रोक लगाइएको तर नित्य पूजाआजा भने सुरु गर्न सकिने प्रवक्ता बताए ।
प्रकाशित मिति : २०७७ असोज ३० गते शुक्रवार