
दाङ, असोज २७ । लुम्बिनी प्रदेशकी उपसभामुख कृष्णी थारुलाई कोरोना संक्रमण पुष्टि भएको छ।मंगलबार उनलाई कोरोना संक्रमन पुष्टि भएको हो । थारुले आफूलाई कोरोना पुष्टि भएको जानकारी सामाजिक सञ्जाल मार्फत दिएकी छन् ।
उनले सबैलाई पिसिआर जाँच गराउन तथा सतर्कता अपनाउन आग्रहपनि गरेकी छन् । यसअघि सभामुख पूर्णबहादुर घर्ती, आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, सांसदहरु डिल्लीबहादुर चौधरी र रु दधिराम आचार्यलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
नेपालगञ्जकी उपमेयर थापालाई पनि संक्रमन पुष्टि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरलाई पनि मंगलवार कोरोना संक्रमन पुष्टि भएको छ ।
भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणका क्रममा उनलाई संक्रमन पुष्टि भएको हो । उनले पनि आफ्नो सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन तथा पसिआर परीक्षण गर्न आग्रह गरेकी छन्।
गत अाइतबार २५ गते काेराेना परिक्षण गर्दा रिपोर्ट पाेजेटीभ देखिएकाेले म संग सम्पर्कमा अाउनु भएका सम्पूर्ण महानुभावहरूलाई सतर्क रहन अनुराेध गर्दछु।
Posted by कृष्णी थारु on Tuesday, October 13, 2020
