२०८३ असार १३ गते शनिवार

महिलाका लागि ब्याग बनाउने तालिम


घोराही, असोज २३ । दाङ महिला जेसिजले सप्ताह व्यापी कार्यक्रम अन्तरगत छैठौ दिन सीपमूलक तालिम पुरा गरेको छ । घोराही उपमहानगरपासिलका वडा नम्बर १७ शुक्रवारमा एकदिने सपीङ ब्याग बनाउने तालिम भएको हो । तालिममा वडाका १७ महिला सहभागि थिए ।

दाङ महिला जेसिजका अध्यक्ष जीवा भुषालले प्याष्टिक मुक्त अभियानलाई सफल बनाउन तालिमले महत्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गरिन । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि घोराही १७ का अध्यक्ष खुसीराम चौधरीले सीप सिकेर व्यवहारमा कार्यान्वयन गरेर आयआर्जनमा लाग्न आग्रह गरे ।

कार्यक्रममा त्रिभवननगर जेसिजका अध्यक्ष माधव पौडेल, पूर्व अध्यक्ष विमला देवकोटा, तालिमका प्रशिक्षक नारी सीप समाजका अध्यक्ष विष्णु थापा, प्रगति महिला विकास बहुउदेश्य सहकारी संस्थाका अध्यक्ष द्रोपता न्यौपानेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सप्ताहा व्यापाी कार्यक्रम शनिवार समापन हुँदै छ ।

प्रकाशित मिति : २०७७ असोज २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *