२०८३ कार्तिक १३ गते बिहिवार

बिहीवार सम्म बाँकेमा कोरोना संक्रमित २५ जनाको मृत्यु

एकैदिन दूई जनाको मृत्यु

दाङ, असोज १५ । बाँकेमा एकै दिन दूई जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संगै बाँके जिल्लामा कोरोना संक्रमनका कारणमृत्यु हुनेको संख्या २५ पुगेको छ । जसमध्य १७ जना बाँके जिल्लाका र अन्य ८ जना बाहिरी जिल्लावाट उपचारका लागि ल्याइएकाहरुहुन ।

विहीवार मृत्यु भएका मध्य एकजना सुर्खेतकी महिला र अर्का एकजना बाँकेका पुरुष रहेका छन् ।

सुर्खेत जिल्लाको भेरी गंगा नगरपालिका वडा नं. ५ निवासी ७५ बर्षीया महिला र बाँकेको नेपालगञ्ज नगरपालिका वडा नं. ४ निवासी ५२बर्षीय पुरुषको मृत्यु भएको छ ।

सुर्खेतकी महिलाको बिहीवार राति १ बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको थियो । त्यस्तै बाँकेनेपालगञ्ज उपमहानगरपालिका निवासी ५२ बर्षीय पुरुषको बिहीवार विहान ५ ः २० बजे भेरी अस्पाल नेपालगञ्जमा मृत्यु भएको बाँकेजिल्लाका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।

उनीहरु दुबै जनाको फोक्सो भएको निमोनिया कारण मृत्यु भएको जानकारी दिइएको छ ।

सुर्खेतकी महिलालाई  असोज ८ गते कोरोना संक्रमन पुष्टि भएको थियो । उनको लडेर हड्डी भाँचिएको थियो भने पित्तथैली र मृगौलाकोविरामी समेत थिइन ।

नेपालगञ्जका पुरुषलाई  असोज १२ गते कोरोना संक्रमन पुष्टि भएको थियो । सोही दिननै उनलाई नेपालगञ्ज मेडिकल कलेज शिक्षणअस्पताल कोहलपुर नेपालगञ्जको  आइसोलेनस वार्डमा भर्ना गरेर उपचार थालिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि उनको मृत्युभएको अस्पताल प्रशासनले जानकारी दिएको  छ ।

प्रकाशित मिति : २०७७ असोज १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *