
यमकला भुसाल,
तुलसीपुर,असोज ५ । दाङको तुलसीपुरमा आत्महत्या गर्नेको सङ्या दिनप्रति दिन बढ्दै गएको छ । तुलसीपुर क्षेत्रमा लकडाउन भएदेखि हालसम्म ५२ जनाले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाकारी दिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिहंका अनुसार पछिल्लो समय झुण्डीएर आत्महत्या गर्नेको सङ्या बढ्दो छ । चैत ११ गतेदेखि हालसम्म ३७ जनाले झुण्डिएर आत्महत्या गरेका छन । त्यसमध्ये २२ जना पुरुष छन भने १५ जना महिला छन । झुण्डि आत्महत्या गर्नेहरुमा १० देखि २० वर्ष सम्मका १५ जना,२० देखि ४० वर्षसम्मका १४ जना र ४० देखि माथी उमेरका ८ जना गरि ३७ जनाले झण्डिएर आत्महत्या गरेका हुन ।
त्यस्तै डिएसपी सिंहका अनुसार ६ महिनामा विष सेवनबाट १३ जनाले आत्हत्या गरेका छन । जसमध्ये १० जना पुरुष छन भने ३ जना महिला रहेका छन । विष सेवनबाट आत्महत्या गर्नेहरुमा १० वर्ष देखि २० वर्ष सम्मका २ जना,२० वर्ष देखि ४० वर्ष सम्मका ३ जना र ४० वर्ष देखि माथी उमेरका ८ जना गरि १३ जनाले विष सेवनगरि आत्महत्या गरेका हुन । त्यस्तै भिरबाट हामफालेर १ जनाको आत्महत्या गरेका छन भने सर्पले टोकेर १ जनाको मृत्यु भएको छ ।
यसैबिच चैत ११ गतेदेखि हालसम्म ५२ जनाले आत्महत्या गर्ने प्रयास गरेको डिएसपी सिंहले जानकारी दिए ।
तुलसीपुरमा पछिल्लो ३ वर्षमा आत्महत्या गरि मृत्यु हुनेको सङ्या बढ्दै गइरहेको छ । आर्थिक वर्ष २०७४/०७५ मा ५६ जनाले आत्महत्या गरेका छन भने ०७५/०७६ मा ७५ जना र ०७६/०७७ मा ४२ जनाले आत्महत्या गरेका हुन । गत वर्षको तुलनामा यसवर्ष आत्महत्या गर्नेको तथ्याङ्क दोब्बरले बढेको देखिन्छ । यसवर्ष ६ महिना मै ५२ जनाले आत्महत्या गरेका छन ।
डिएसपी सिंहका अनुसार लकडाउनमा गरिबी, बेराजगारी, एक्लै बस्ने, लागु औषधको सेवन, सम्बन्ध बिच्छेद जस्ता विविध खाले समस्याले गर्दा आत्महत्या गर्नेको सङ्या बढेको पाइएको छ ।
