२०८३ असार १० गते बुधवार

बर्दियामा सर्प दंशवाट एक युवाको मृत्यु

दाङ,असोज ४ । बर्दियामा सर्प दंशवाट एक युवाको मृत्यु भएको छ। जिल्लाको बढैयाताल गाउँपालिका वडा नं. ८ तिलकना निवासी ३१ बर्षीय सब्दाम अलीको मृत्यु भएको छ । आमाको लागि औषधी लिन गएका उनलाई गएराति साढे ९ बजेतिर सर्पले बाटोमै डसेको थियो ।

बेहोस अवस्थामा बोटोमा साथीहरुले भेटेर उनलाई घरसम्म पु¥याएका थिए । त्यसपछि उनलाई अस्पताल लैजाने क्रममा मध्यरातमा बाटोमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ ।मृतकको बायाँ खुट्टामा सर्पले टोकेको देखिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ असोज ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *