२०८३ असार १० गते बुधवार

जो तरकारी खेतिबाट बर्षेनी लाखौं कमाउँछन्


राजेश खत्री,
दाङ,असोज ४ । घोराहीका ३७ बर्षीय महेन्द्र थापाले ८ विगाहा क्षेत्रफलमा तरकारी खेति गरेर बर्षेनी लाखौं आम्दानी गर्दै आएका छन् । उनले बर्षेनी ३० देखि ४० लाखसम्म आम्दानी गर्ने गरेको जानकारी दिए । यसपाली उनले घोराहीका विभिन्न तीनवटा स्थानमा गरेर ८ विगाहा बढी जग्गामा तरकारी खेति गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुरको वीपी बाटिकामा उनले जग्गामा भाडामा लिएर ढाई विगाहा क्षेत्रफलमा विभिन्न जातका तरकारी खेति गरेका छन् ।

थापाको घोराही १० कै खैरीमा पनि ३ बिगाहामा तरकारी खेति छ । त्यस्तै घोराही २ रामपुरमा पनि थापाको दूई विगाहा १२ कठ्ठा क्षेत्रफलमा तरकारी खेति छ । जहाँ उनको घरबास र आफ्नै केही जग्गापनि छ । आफ्नो बाहेक अरुको जग्गा भाडामा लिएर पनि तरकारी खेति गरिरहेका छन् । थापाले व्यवसायिक रुपमा यसरी निरन्तर तरकारी खेति गर्न थालेको १४ बर्ष पुगिसकेको छ ।

रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं. ७ होलेरी उनको पुर्खेउली घर हो । उनले त्यहाँपनि ८ बर्ष तरकारी खेति गरेको बताए । अनि दाङ झरेर पनि थापाले तरकारी खेति नै गरे । दाङ झरेको ६ बर्षदेखि निरन्तर उनले तरकारी खेति गर्दै आएको जानकारी दिए । उनले तरकारी खेतिवाट मनग्य कमाई मात्रै गरेका छैन्न दर्जनौ सर्वसाधारणलाई खेतवारीमा रोजगारीपनि दिएका छन् ।

उनले उत्पादन गरेको तरकारी दाङका साथै नेपालगञ्ज, बुटवल र नारायणघाट सम्म पुग्ने गरेको थापाले जानकारी दिए । ६ बर्ष अगाडि दाङमा झरेदेखि तरकारी खेति गर्दै आएका थापाले यो अवधिमा एक करोड बढी आर्जन गरेको बताए । बुझेर खेति गरेमा तरकारी खेतिवाट राम्रो लाभ लिन सकिने थापाको विश्वाश छ ।

प्रकाशित मिति : २०७७ असोज ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *