२०८३ असार ६ गते शनिवार

रुपन्देहीको देवदहको क्वारेन्टिनमा एकजनाले गरे आत्महत्या

बुटवल,असोज १ । रुपन्देहीमा क्वारेन्टिमा बसिरहेका १ जनालाई आत्महत्या गरेका छन् । रुपन्देहीको देवदह नगरपालिकाको एउटा क्वारेन्टिनमा बसेका एक युवकले आत्महत्या गरेका हुन् ।

देवदह नगरपालिका ४ सेमरानास्थित आदिवासी जनजाति महासंघको भवनमा रहेको क्वारेन्टिमा स्थानीय २५ वर्षीय पिताम्बर पाण्डेले झुण्डिएर आत्महत्या गरेको देवदह नगरपालिकाका प्रमुख हिरा केसीले पुष्टि गरेका छन् ।

गत भाद्र १७ गते भारतबाट आएका उनी १३ दिन देखि क्वारेन्टिनमा बस्दै आएका थिए । क्वारेन्टिनबाट घर जान १ दिन मात्र बाँकी रहंदा उनले क्वारेन्टाइनको बाहिरपट्टी छतमा रहेको फलामको रडमा झुण्डिएर आत्महत्या गरेका छन् ।

पाँच दिन अगाडि कोरोना परीक्षणका लागि स्वाब दिए पनि उनको पीसीआर रिपोर्ट अझै आएको छैन । यसअघि पनि सोही क्वारेन्टिनमा एकजनाले शरीरमा आगो लगाएर एकजनाले आत्मदाह गरेका थिए । आत्महत्याको कारण खुल्न नसकेको नगर प्रमुख केसीले बताए ।

प्रकाशित मिति : २०७७ असोज १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *