२०८३ असार ६ गते शनिवार

आजदेखि लामो दूरीका सार्वजनिक सवारी साधन चल्दै


काठमाण्डौ, असोज १, । गत चैत्र ११ गते देखि बन्द भएका लामो दूरीका सार्वजनिक सवारी साधन आज देखि संचालन हुने भएका छन । आजदेखि लामो दूरीका सार्वजनिक सवारी साधन संचालन गर्न दिने गत सोमबार बसेको मन्त्रिपरिषदले निर्णय गरेको थियो ।

स्वास्थ्य सावधानीका उपाय पालना गरे-नगरेको पत्ता लगाउन ठाउँ–ठाउँमा चेकिङको व्यवस्था मिलाइएको छ । यदि पालना नगरेको पाइए कारबाही गर्ने चेतावनी सरकारले दिएको छ ।चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्नेछ । यात्रुले स्यानिटाइर र मास्कको अनिवार्य प्रयोग गर्नु पर्नेछ ।

सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाइने छ । सरकारले तोकेको भाडामा अधिकतम ५० प्रतिशत बढीसम्म लिन पाइनेछ । खाजा र खाना खाने ठाउँमा पनि भौतिक दूरीको ख्याल गर्नु पर्नेछ ।

प्रकाशित मिति : २०७७ असोज १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *