सुर्खेत,भदौ ३० । चिकित्सा शिक्षामा सुधारको माग गर्दै डा। गोविन्द केसीले फेरि सत्याग्रह थालेका छन्।
सरकारले विगतमा आफूसँग गरेका सहमति कार्यान्वयन नगरेकाले १९ औं पटक अनशन सुरु गर्न बाध्य भएको डा। केसीको भनाइ छ।
उनले माग पूरा नभएसम्म यसपटकको अनशन नतोड्ने बताए ।
उनी सोमबारदेखि जुम्लाको चन्दननाथ–६ रानीचौरस्थित मष्टो देवताका मन्दिर प्रांगणमा आमरण अनशन बसेका हुन्। स्थानीय प्रशासनले उनको निगरानी गर्दै आएको थियो।
केसीले प्रशासनलाई छल्दै मन्दिरमा पुगेर सत्याग्रह सुरु गरेको समर्थकको भनाइ छ।
प्रकाशित मिति : २०७७ भाद्र ३० गते मङ्गलवार
