२०८३ असार ७ गते आइतवार

मोरङमा थप दूई संक्रमितको मृत्यु

विराटनगर, भदौ २० । मोरङमा दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। विराटनगर–४ ५२ वर्षीय पुरुष र ६४ वर्षीया महिलाको कोसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।५२ बर्षीय पुरुषको शनिबार बिहान साढे ११ बजे तिर मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । उनलाई शु्क्रबार उपचारका लागि कोसी अस्पताल ल्याइएको थियो। शुक्रवार बेलका नै रिपोर्ट पोजेटिभ आएपछि उनलाई कोसी अस्पतालको आइसोलेसनबाट कोरोना अस्पतालमा रिफर गरिएको थियो ।

उनलाई ज्वरो आउनुका साथै स्वासप्रश्वासमा समस्या रहेको थियो । त्यस्तै शुक्रबार बेलुकी साढे सात बजे कोसी अस्पतालको आइसोलेसनमा मृत्यु भएकी ६४ बर्षीया महिलाको शनिबार बिहान मात्रै रिपोर्ट पोजेटिभ आएको हो ।
उनी शुक्रबार दिउँसो मात्रै अस्पताल भर्ना भएकी थिइन । उनमा झाडा पखला र स्वासप्रश्वासमा समस्या हुने गरेको थियो ।

प्रकाशित मिति : २०७७ भाद्र २० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *