दाङ,मंसिर १९ । दाङ देउखुरीको गढवास्थित एक कपास उद्योगमा आगलागी हुँदा ६ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।
गढवा गाउँपालिका वडा नं. ६ थानदेउखुरी निवासी हुर्मत यादवको कपास उद्योगमा आगलागी हुँदा उक्त क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता विनोद विक्रम शाहले उद्योगमा कपडा पेल्ने क्रममा एक्कासी मेसिनमा आगलागनी भएको जानकारी दिए ।
आगलागनी बाट कपडा पेल्ने मेसिन, घर र कपडाहरु समेत जलेको प्रहरीले बताएको छ ।
बुधवार राति ९ः५० बजेतिर लागेको आगो स्थानीयबासी र प्रहरीको सक्रियतामा राति सवा १० बजेतिर नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७६ मङ्सिर १९ गते बिहिवार