२०८३ असार १३ गते शनिवार

डरलाग्दो गरि बढ्दै आत्महत्या


दाङ, साउन २१ । सोमवार दिनभर जसो तुलसीपुर क्षेत्रका धेरैले सामाजिक सञ्जालका भित्तामा हार्दिक श्रद्धाञ्जली लेखेको देखियो । यस्तो लेख्ने मध्यका एक नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीपनि थिए । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवा निवासी ३७ वर्षीय मिनबहादुर विष्टको मृत्युको खवर सामाजिक सञ्जालमा एकाएक फैलिदा साथीभाई, शुभचिन्तक र आफन्त आश्चर्यमा नपर्ने कुरै थिएन ।

एउटा आश लाग्दो युवाको अश्वाभाविक मृत्यु पत्याउन धेरैलाई कठिन भइरहेको थियो । तथापी उनको मृत्युको कारण कसैले पनि खुलस्त लेख्न लेखिरहेको थिएन । प्रहरीका अनुसार विष्टको मृत्यु सल्फास नामक विषादीको सेवन पछि भएको थियो ।

सोमवार नै तुलसीपुर वडा नम्बर १९ मा ५० वर्षीया बमकुमारी रोका मगरको पनि सल्फास नामक विषादी सेवनका कारण मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सोमवार नै राजपुर गाउँपालिका वडा नम्बर ६ गंगदी निवासी २१ वर्षीया मिरा चौधरीेपनि सोही सल्फास नामक विषादी सेवन गरि आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
तुलसीपुरका बिष्ट र रोका मगरको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भीक उपचारपछि थप उपचारका लागि बाँके तर्फ लैजाँदै गर्दा बाटोमै र राजपुरको गंगदी निवासी चौधरीको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको थियो ।

हप्तादिन भएको छैन,पश्चिम दाङमा १० बर्षीया बालिकाले घरभित्रै झुन्डिएर आत्महत्या गरेको दुःखद खवर सार्वजनिक भएको थियो । पछिल्लो समय आत्महत्याको दर डरलाग्दो गरि बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाउँछ । सोमवार मात्रै तुलसीपुरमा २ र राजपुरमा एकजना गरि ३ जनाले आत्महत्या गरेको खवर सार्वजनिक हुनुले पनि त्यसको पुष्टि गर्छ ।

मानिसमा जीवनप्रतिको ‘आशा’ जगाउन सके यस्ता दुःखद खवरहरु न्यूनिकरण हुने जानकारहरु बताउँछन् । असफलता पछि उत्पन्न हुने निरासा , प्रेममा असफलता, विफलता, पारिवारीक कलह जस्ता कुराहरु आत्महत्याका प्रमुख कारणहरु मान्ने गरिन्छ । त्यसका लागि परिवार, समाज र राज्य थप सचेत हुन आवश्यक छ ।

प्रकाशित मिति : २०७६ साउन २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *