२०८३ मङ्सिर ११ गते बिहिवार

गाडीको ठक्करबाट घाइते रेणु शाह ५ दिनपछि बितिन


कोठरीका ३२ बर्षीय रामकुमार चौधरीको मोटरसाइकल दुर्घटनामा मृत्यु


तुलसीपुर, मंसिर १० ।


तुलसीपुरमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा परि एकै दिन एक महिला र पुरुषको मृत्यु भएको छ ।
बुधबार र्नै पाँच दिन अघि गाडीको ठक्करबाट घाइते महिलाको उपचारका क्रममा र बुधबार बेलुकी आँफैले चलाएको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा अर्का एक युवकको मृत्यु भएको हो ।
पाँच दिन अघि गाडीले स्कुटीलाई ठक्कर दिदा घाइते भएकी तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाकी ४० बर्षीया रेणु शाहको उपचारका क्रममा बाँकेको कोहलपुरमा बुधबार पौने १२ बजेतिर मृत्यु भएका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीले बताए ।
बा.प्र. ०१–०२६ च ५२७९ नम्बरको डबल क्याब गाडीले तुलसीपुर तर्फ आँउँदै गरेकी शाह सवार रा ८ प १७६४ नम्बरको स्कुटीलाई ठक्कर मंसिर ४ गते बेलुकी पख ठक्कर दिएको थियो । प्रहरीका अनुसार मंसिर ४ गते साँझ करिब सवा ६ बजेतिर तुलसीपुर बजार तर्फ आउँदै गरेकी शाह सवार स्कुटीलाई उक्त गाडीले तुलसीपुर –३ दमारगाउँस्थित गुम्बाको गेट नजिकै ठक्कर दिएको थियो ।
त्यसपछि गम्भीर अवस्थाकी शाहलाई तुलसीपुरको उपचार पछि थप उपचारका लागि सोही दिन राति ९ बजेपछि बाँकेको कोहलपुर रिफर गरिएको थियो ।
शाहको स्कुटरलाई ठक्कर दिएपछि गाडी चालकले आफ्नो गाडीलाई दमारगाउँ स्कुलको पश्चिमतर्फ रहेको जंगलमा छाडेर फरार भएका थिए । गाडीलाई मंसिर ५ गते फेला पारी प्रहरीले इप्रका तुलसीपुरमा ल्याएको थियो ।
फरार गाडी चालक तुलसीपुर – ३ का २८ बर्षीय सुभम नेपाली मंसिर ७ गते बिहान घोराही उपमहानगरपालिका – १५ बाट पक्राउ परेका थिए ।
त्यस्तै बुधबार बेलुकी भएको मोटरसाइकल दुर्घटनामा तुलसीपुर – १५ कोठरीका ३२ बर्षीय रामकुमार चौधरीको मृत्यु भएको छ । बेलुकी सवा ५ बजेतिर तुलसीपुर – १४ लुहाडबराबाट कोठरी तर्फ जाँदै गरेको चौधरी सवार रा ६ प ९०४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ उनी गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते चौधरीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्‍याउनासाथ चिकित्सकले चेकजाँच पछि मृत घोषणा गरेका थिए । इप्रका तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक टोपेन्द्र घर्तीका अनुसार चौधरीको शब पोष्टमार्टमका लागि सोही अस्पतालमै राखिएको छ ।

प्रकाशित मिति : २०८३ मङ्सिर ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *