२०८३ मङ्सिर ८ गते सोमवार

८ दिनपछि ४ हजार ८ सयले बढ्यो सुनको मूल्य

दाङ, मंसिर ७ ।


आठदिनसम्म लगातार घटेको सुनको मूल्य सोमबार भने केही बढेको छ ।
आज सुन तोलामा चार हजार आठ सय रूपैयाँ बढेको छ । नेपाली बजारमा आज सुन प्रतितोला दुई लाख ४७ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ ।
सुन आइतबार प्रतितोला दुई हजार आठ सय रूपैयाँ घटेको हुँदा दुई लाख ४२ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ६ सय १९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सोमबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदाी तोलामा ४५ रूपैयाँ बढेको हो । आज चाँदी तोलाको तीन हजार एक सय १० रूपैयाँमा किनबेच भइरहेको छ ।
आइतबार चाँदी प्रतितोला तीन हजार ६५ रूपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८३ मङ्सिर ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *