
खेमराज खड्का , तुलसीपुर, कात्तिक ४ ।
मानिस आँफैमा कोही गलत हुन चाहाँदैन । तर, पनि परिस्थिति कहिले काँही कारण बनिदिन्छ । मानिसको जुनसुकै उमेर अवस्था होस– कुनैपनि पल सानो मिस्टेकले जिवनका सकारात्मकता नकारात्मकतामा बदलिन सक्छ ।
अर्थात जिवन बर्बाद हुन सक्छ । जस्तै सवारी चलाउँदा चालकको ‘एक चुक जिवन बर्बाद’ भने जस्तै छ यने मानव जिवन पनि । त्यसैले हर पल हर कदम सजकता आवश्यक हुन्छ । होसियारी पूर्वक नचले जतिखेर पनि जो कोही अप्ठेरोमा पर्न सक्छ ।
हरेकलाई कर्म अनुसारको फल मिल्ने हो । कर्म असल गर्दागर्दै पनि सफल हुँदा हुँदापनि , अरबपति हुँदा हुँदै पनि सानो चुक वा गल्तीले गलत बाटोमा डोर्याउन सक्छ । कुलतको दलदलमा फसाउन सक्छ । मानिस जिवनका सुख वा दुःख घाम छाँया जस्तै हुन । खुसी वा रमाइलो गर्ने बाहानामा मिल्ने साथीहरु वा आफन्त संग रमाउनु स्वभाविक हो । तर, रमाउने बाहाना मदिरा वा लागुऔषध बन्नु वा बनाइनु भने गलत हो । उनीहरुको प्रयोग बढ्दै गएमा जो कोही मानिस दुःखका सागरमा पर्न सक्छ । जिवन बर्बादीको डिलमा पुग्न सक्छ । समाजिक रुपमा मान प्रतिष्ठामा ह्रास आउन सक्छ ।
स्वास्थ्यका साथै धन दौलत स्वाहा हुन सक्छ । त्यस्ता ब्यक्ति जतिखेरपनि प्रहरीको कष्टडिमा पुग्नसक्छन् । निमेषभरमै चरित्रमाथि ठूलो प्रश्न चिन्ह खडा हुन सक्छ । त्यसको पीडा झनै घर परिवार र साना सन्तानमाथि पर्न सक्छ ।
मानिस स्वभाबैले उत्सुक प्राणी हो । त्यसमा पनि उमेरको दोष केही तलमाथि हुनु स्वभाविक हो । बच्चा स्वभाबैले बढी चन्चले र उत्कृसुक हुन्छन् । मानिसको जिवनमा आउने त्यस्ता सुख वा दुःख वा उत्सुकताको परिस्थितिलाई सामान्ने रुपमा ग्रहण गर्नु, सुखः दुःख जिवनका साथी हुन र निरन्तर चलिरहने चक्रबत प्रक्रिया हुन भनेर जस्ले स्वीकार्न स्क्छ सायद त्यो ब्यक्तिले जिवनमा गतल दलदलमा फस्दैन । दुःख पाउँदैन ।
जब मानिस आँफुलाई जिवनमा आइपर्ने दुःख वा सुखको शिकार भएको ठान्छ, बदल्न नसक्ने कुराहरुलाई स्वीकार्न गर्न सक्दैन वा ती कुराको बाहानामा लागुऔषधलाई साथी ठान्दै क्षणिकतामा रमाउन थाल्छ त्यसले उस्को जिवनको सकारात्मक उर्जा नष्ट पार्दै लैजान्छ ।
कुलत वा नशाको साहारामा आफ्नो प्रतिकुल परिस्थितिलाई अनुकुल बनाउने दुस्साहास यही नेर गल्ती हुन्छ । उस्को जिवनको अग्नी परीक्षा यँहीबाट सुरु हुन्छ । जिवन नकरात्मकतातिर अगाडि बढाउने कि सकारात्मकतामा भनेर । गहिरो शोक, अनअपेक्षित खुसी, उमंग वा जिज्ञाशालाई मेट्ने बहानामा एक पटक मात्रै लागुऔषध प्रयोग गरेमा वा त्यो पटक पटक रिपेटेसन भएमा लत बन्छ । कसैले पनि यस्ता हानिकारिक बस्तु बारम्बार प्रयोग गर्छ भने त्यो कुलतमा फसेको मान्ने गरिन्छ । त्यस्तो कुलतको दलदलबाट उम्कन सक्ने बिरलै ब्यक्तिहरु हुन्छन् । त्यहाँ बाट उम्कन जो ब्यक्ति स्वएंमले मनदेखि नै प्रत्यन्त गर्छ ऊ मात्रै सफल हुन्छ । अझ अर्कौ शब्दमा भन्दा जस्ले आँफुलाई चिन्छ त्यो दलदलबाट उन्कन्छ । म को हुँ र मैले के गर्नु पर्छ भन्ने जस्ले रिलाइजेसन गर्छ ऊ महान ब्यक्ति हो भन्ने मलाई लाग्छ ।
भावनामा लागेको चोट, मनको खुसी वा उमंग र मस्तिस्कको जिज्ञासा फेलोसीप वा अशल साथी संगको सेरिङले सहज निकास पाउन सक्छ । यस्तो परिस्थितिमा सही साथीको छनोट नभए वा त्यो छनोट गर्ने बिबेक गुहाउँदा मानिस गलत बाटोमा लाग्ने ठूलो संभावना हुन्छ ।
सत्य कुरा के हो भन्दा – जब कोही मानिस परिस्थितिको बाहानामा कुलतको बाटो रोज्दै नशामा हराउन थाल्छ तब उस्को समस्या समाधान होइन बरु समस्या झन झन बल्झिदै जान्छ भन्ने कुरा उस्ले समयमै बुझ्न सक्ने मानिस बुद्धिमान हो । नशाको तागत त्यसको अशर रहँदासम्म मात्रै हो । परिस्थितिको गहिरो चोट वा मनको उमंग वा उत्सुकतालाई नशाले भुलाउँछ भन्नु भ्रम हो । जब नशाको शक्ति छिन हुँदै जान्छ तब पछुतो भन्दा अरु केही बेचेको हुँदैन । बरु नशाले समस्या झन अंकगणित रुपमा अर्थात गुणात्मक रुपमा बढाउँदै लैजान्ज । लत वा कुलतमा फसेको ब्यक्तिको समस्या दिनमा दुई गुणा र रातमा चार गुणाको दरले बढ्दै जानसक्छन् । जब सम्म मानिसले यहाँबाट निस्कन आँफैले मनदेखि प्रयत्न गर्दैन वा आँफुलाई आँफैले माया गर्दैन तबसम्म तबसम्म स्वास्थ्यका साथै आँफैले आफ्नो आर्थिक , सामाजिक मर्यादा ध्वस्त पार्दै अघि बढी रहन्छ ।
त्यस्ता मानिसले जबसम्म तथ्य वा सत्य स्वीकार्दैनन् , जबसम्म आँफुले बदल्न नसक्ने कुराको स्वीकार गर्दैन तबसम्म ऊ बारम्बार नशा प्रयोग गर्दै जिवन र भश्यि अन्धकार बनाउने कुलततको बाटो हिडिरहन्छ । बारम्बारको प्रयोग लत हो , कुलत हो । दुब्र्यसन हो । एडिक्सन हो । अब ती चिज पाउन त्यस्ता ब्यक्ति जस्तो सुकै कुकर्म गर्नपनि पछि पर्दैनन् । किनभने अब त्यो चिजको पुर्ती उस्का लागि अपरिहार्य जस्तै बनि सकेको हुन्छ ।
तपाँइ मान्नुहोस नमान्नुहोस – पछिल्लो समय बिषेश गरि साना बालबालिकामा बिद्युतिय एडिक्सन डरलाग्दो गरि बढ्दो छ । कतिपय तपाँइ हामीपनि बिहान निन्द्राबाट आँखा नखुल्दै बिस्तारामै मोवाइल हेर्दै बस्छौं । हामी घन्टौं त्यो हेर्छौं भने त्योकुरा पनि लत बन्ने खतरा रहन्छ ।
तल वा एडिक्सनको दलदलबाट निस्कन संभव छ । तर, त्यसको समयमै सही तरिकाले उपचार गर्न जरुरी हुन्छ । घर परिवारले आफ्नो सन्तानका गतिबिधि नजिकबाट नियाल्न जरुरी हुन्छ । सन्ताका साथी, उनीहरुका आनीबानी र ब्यबहार बुझ्ने सबैभन्दा नजिकका साथी अभिभावक बन्न सक्नु पर्छ । सुख ः दुःख सहजै सेयर गर्ने माध्यम बन्नु पर्छ । विद्यालय परिवार र समाजपनि बढो चनाखो बस्नु पर्छ । दया, माया, करुणा तथा सदभाव अति आवश्यक हुन्छ । सानोलाई माया र ठूलालाई सम्मान यो हाम्रो परम्परा तथा संस्कार नै हो । कसैमाथि भेदभाव, हेयको भावना वा अपहेलना गर्नु हुँदैन । घृणा, द्धयस कसैका प्रति पाल्नु हँदैन । आगोको झिल्को सानो हुन्छ र तर गतल प्रयोग भए त्यसैले कसैको संसार खरानी बनाउन सक्छ । भेदभाव वा घृणाले पनि हरेक ब्यक्तिको जिवनमा त्यस्तै परिस्थिति निम्त्याउन सक्छ ।
कोही कुतलमा छ भने उस्लाई समयमै संझाइ बुझाइ गर्नेदेखि सम्बन्धित उपचार केन्द्रमा पठाउन जरुरी हुन्छ । अन्यथा जब समाजमा दुब्र्यसनीका रोगीहरुको संख्या बढ्दै जान्छ तब समाजमा अशान्ति, चोरी, लुटवाट वा हत्या हिंसा सम्मका घटना बढ्दै जाने तथा समाजका भद्रगोल हुने खतरा रहन्छ । जो कुरा प्रहरी प्रशासन र राज्यका लागि पनि टाउको दुखाइको बिषय हो ।
कुलतमा फसेका ब्यक्तिले घर, समाज वा राष्ट्रलाई कुनैपनि योगदान गर्न कठिन हुन सक्छ । ती पृथ्वीका बोझ जस्ता मात्रै हुन सक्छन् ।
ती कुराको दलदलबाट उम्कने वा जोगिने जो कोहीको जिवन सार्थक र अर्थपूर्ण हुन्छ । समाजमा आत्मसम्मानका साथ जिउनु जति ठूलो केही छ जस्तो मलाई लाग्दैन । त्यसैले कुतलको गलत बाटो नरोजौं । जिवन बर्बाद हुनबाट जोगाउँ । त्यो गलत बाटो त्याग्नेहरु महान बन्न सक्छन् । जिवन बदल्नेहरु महान ब्यक्तिहरु हुन । परिस्थितिलाई दोष दिदै नसाको भुलभुलैयामा रमाउन खोज्नेहरु कायर हुन । त्यसैले आँफुलाई चिन्नुहोस, जिवन बदल्नुहोस । र यो कुरा आजैदेखि सुरु गर्नुहोस । अभ्यास गर्नुहोस । भोलि कहिलै आउँदैन । तपाँई फेरि सम्मानित र एक आदर्श जिवन जिउनुहोस । अरुलाई पनि त्यसका लागि प्रेरित गर्नुहोस । म अन्त्यमा फेरि दोहर्याउन चाहान्छु – मानिसले चाहे असंभव केही छैन र मेरो नजरमा आँफुलाई बदल्नेहरु महान हुन् ।
