२०८३ कार्तिक १२ गते बुधवार

चिर्पट प्रहार गरि एक जनाको हत्या


दाङ , कात्तिक ११ ।


सुर्खेतमा चिर्पट प्रहारबाट एक जनाको हत्या भएको छ ।

जिल्लाको गुर्भाकोट नगरपालिका – ८ सुन्दरनगरका ६२ वर्षीय मानबहादुर राजीको मंगलबार स्थानीय ४० वर्षीय टेकबहादुर विकले चिर्पट प्रहार गरेका थिए ।
घाइतेको टाउको र खुट्टामा चिर्पट प्रहार बाट गम्भीर चोट थियो ।

गम्भीर घाइते राजीलाई सुरूमा उपचारका लागि प्रादेशिक अस्पताल कालागाउँ लगिएको थियो ।
त्यहाँ उपचार संभव नभएपछि घाइते राजीलाई थप उपचारका लागि बाँकेको कोहलपुल मेडिकल कलेज रिफर गरिएको थियो ।
उनको उपचारका क्रममा उनको दिउँसो मृत्यु भएको थियो ।

चिर्पट प्रहार गर्ने टेकबहादुरलाई प्रहरी नियन्त्रणमा छन् । उनी माथि अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *