२०८३ कार्तिक ८ गते शनिवार

दाङबाट बाँके जाँदै गरेको कार संग अर्कौ कार ठोक्कियो, एक जनाको मृत्यु, ६ जना घाइते

दाङ , कात्तिक ७ ।

दाङ बाट बाँके तर्फ जाँदै गरेको कार संग अर्कौ एउटा कार ठोक्किदा एक जनाको मृत्यु भएको छ । दुबै कारमा सवार थप ६ जना घाइते छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–१ सौंरीमा शनिबार बिहान ९ बजेतिर दाङको घोराहीबाट नेपालगंजतर्फ जाँदै गरेको बा.प्र. ०१–०३० च ८४९६ नम्बरको कार र विपरित दिशा अर्थात पूर्व तर्फ जाँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार एक आपसमा ठोक्किएका थिए ।

त्यो दुर्घटनामा परि कैलालीको धनगढी उपमहानगरपालिका–५ घर भइ हाल काठमाडौं बस्दै आएका ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको छ ।
बाँकेका प्रबक्ता डिएसपी प्रतितसिंह राठोरका अनुसार शाही सवार कारका चालक डोटी, साविक मुदेगाउँ गाविस–७ घर भएका ४५ वर्षीय नरेन्द्रबहादुर शाहीपनि घाइते छन् । उनको नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकलमा उपचार भइ रहेको छ । सोही कारमा सवार ४० वर्षीया कुसुम शाही र १६ वर्षीय सुभम शाही घाइते छन् । उनीहरुको अवस्था भने सामान्ने रहेको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै अर्कौ कारमा सवार दाङको घोराही उपमहानगरपालिका–७ का ५५ वर्षीय ओमभक्त योगी, ५५ वर्षीया प्रीति योगी र २३ वर्षीया सुप्रिया गिरी घाइते छन । उनीहरूको नेपालगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यो कारका चालक घोराही –७ सौरियारका ४० वर्षीय सम्राट नाथ योगी सामान्ने छन् । सम्राट इलाका प्रहरी कार्यालय कुसुमको नियन्त्रणमा छन् ।

दुर्घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *