दाङ , कात्तिक ७ ।
रुकुम पश्चिममा एक जना ६ बर्षीय बालकको हत्या भएको छ ।
जिल्लाको बाफिकोट गाउँपालिका–२ स्वारामा ढुँङ्गा प्रहारबाट ६ वर्षीय रमेश नाथको हत्या भएको छ ।
हत्या आरोपी स्थानीय ३३ वर्षीय भक्तबहादुर नाथलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाका निमित्त प्रबक्ता प्रहरी निरीक्षक हेमन्त गिरीका अनुसार प्रहरी हिरासतमा रहेका नाथको मानसिक अवस्था ठिक नभएको भन्ने बुझिएको छ ।
उनै भक्तबहादुरले शुक्रबार बेलुकी करिब साढे ५ बजेतिर घर नजिकै बाटोमा खेली रहेको समयमा एक्कासी बालक रमेश माथि ढुँङ्गाले टाउकोमा प्रहार गरेका थिए ।
ढुङ्गा प्रहारबाट गम्भीर अवस्थामा बालकलाई उपचारका लागि स्वास्थ्य चौकी पिपल लगिएको थियो । त्यहाँको प्रारम्भीक उपचार पछि थप थप उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएको थियो ।
राति १० बजेतिर बालक रमेशको उपचारका क्रममा मृत्यु भएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
