२०८३ असोज २९ गते बिहिवार

घोराहीमा २ मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु , दुई जना घाइते


तुलसीपुर, असोज २९ ।


दाङको घोराहीमा दुई मोटरसाइकल आपसमा ठोक्किएर भएको आगजनीमा परि एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि घोराही उपमहानगरपालिका – २ रामपुरका ४० वर्षीय टोपबहादुर वलीको मृत्यु भएको छ ।
दुर्घटनामा परि जिल्लाको बंगलाचुली गाउँपालिका – ४ का सुनिल खत्री र रामबहादुर डाँगी घाइते भएका छन् । दुर्घटनामा दुई जना घाइते मध्य अर्का एक जनाको अवस्था गम्भीर छ । घाइते घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठामा उपचार भइ रहेको छ ।
तीव्र गतिमा रहेको एक मोटरसाइकलमा ३ जना सवार रहेको र बंगलाचुली ४ का मोटरसाइकल चालक मोहन डाँगी दुर्घटनापछि फरार रहेको प्रहरीले जनाएको छ।

फरार मोटरसाइकल चालक डाँगीको खोजी कार्य भैरहेको पनि प्रहरीले जनाएको छ।
दाङका प्रहरी प्रमुख एसपी दिपक श्रेष्ठका अनुसार दुर्घटनापछि मोटरसाइकलमा आगलागी भएको थियो ।

मोटरसाइकल जलेकाले मोटरसाइकल नम्बर पहिचान हुन नसको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *