दाङ,असोज २४ । दाङमा जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको ज्यान गएको छ ।
गढवा गाउँपालिका–१ वनघुस्री निवासी तीन वर्षीया लक्ष्मी माझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले जानकारी दिए ।
उनका अनुसार गढवा वनघुस्री निवासी ऋषि माझी, उनकी श्रीमती २६ वर्षीया सुमित्रा माझी र तीन वर्षीया छोरी लक्ष्मी जङ्गली च्याउ खाएपछि बिरामी परेका थिए । तीनै जनालाई उपचारका लागि भालुवाङ अस्पताल लगिएको थियो ।
सामान्य उपचारपछि थप उपचारका लागि लक्ष्मीलाई लमही अस्पताल ल्याइएकामा गए राति चिकित्सकले मृत घोषणा गरेका प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिए ।
आमा सुमित्रा भने उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८३ असोज २४ गते शनिवार
