२०८३ असोज २३ गते शुक्रवार

घोराहीका एक बरिष्ठ अधिकृतको लमहीमा बसको ठक्करबाट मृत्यु


तुलसीपुर, असोज २३ ।


दाङको देउखुरीमा बसले मोटरसाइकललाई ठक्कर दिदा एक जना सरकारी कर्मचारीको मृत्यु भएको छ ।


जिल्लाको घोराही उपमहानगरपालिका –१३ का ५० बर्षीय चेतबहादुर केसीको बसको ठक्कर बाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
सवारी दुर्घटनामा ज्यान गुमाएका केसी लुम्बिनी प्रदेश कृषी तथा भूमि व्यवस्था मन्त्रालयमा बरिष्ठ लेखा अधिकृतका रुपमा कार्यरत थिए ।


पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–१ सुनडवरीमा बाँकेको नेपालगंजबाट काँकडभिट्टातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश १–०१–००१ ख ४१४८ नम्बरको बसले लुम्बिनी प्रदेश ०३–००१ प ८५९८ नम्बरको केसी सवार मोटरसाइकललाई शुक्रबार बेलुकी साढे ६ बजेतिर ठक्कर दिएको थियो ।

गम्भीर घाइते अवस्थाका केसीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
केसीको शव लमही अस्पतालमा राखिएको छ । दुर्घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *