
तुलसीपुर, असोज १९ ।
तुलसीपुरको ज्ञानज्योति फाउन्डेसनको २ लाख आर्थिक सहयोग बाट बाहिनी चोकदेखि मदनआश्रित चोकसम्म एक सय ५० वटा सडक डिभाइडरहरु सोमबार राखिएको छ ।
सोमबार सडकमा स्थापना गरिएका डिभाइडरहरु कालोपत्रे सडकमा नट बोल्ट लगाएर राखिएको हुँदा हावा तथा हुरीले ढाल्न नसक्ने ट्राफिक प्रहरीको अपेक्षा छ ।
ज्ञानज्योति फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रबहादुर जिसीले सामाजिक उत्तरदायित्व अन्तर्गत फाउन्डेसनले दुर्घटना न्यूनिकरणमा सहयोग पुगोस भन्ने उदेशयले डिभाइडर खरिदका लागि दुई लाख सहयोग गरेको बताए ।
इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी होमबहादुर पराजुलीको आग्रहमा फाउन्डेसने डिभाइडर खरिदका लागि आर्थिक साहेता प्रदान गरेको थियो ।
डिएसपी पराजुलीले यसअघि फाउन्डेसनले ४० हजार मूल्य बराबरको एउटा नाइट भिजन सिटी टिभी क्यामेरापनि इप्रकालाई उपलब्ध गराएको छ ।
त्यसअघि गुम्ह्रा चोक र मदनआश्रित चोकको बीचमा डिभाइडर स्थापना गर्न बिनिल केसी नेतृत्वको उद्योग वाणिज्य संघले ८३ हजार ४०० रुपैयाँ प्रदान गरेको थियो । त्यस्तै राप्ती बबई क्याम्पसले ६८ हजार ५०० प्रदान गरेको थियो । केसी क्याम्पस संचालक समितिको कोषाध्यक्षपनि हुन ।
त्यसपछि नेपाली काँग्रेसका युवा नेता सुरेश हमाल नेतृत्वको राप्ती परोपकार संघ तुलसीपुरले ५० हजार रुपैयाँ थप डिभाइडर किन्नका लागि प्रहरीलाई साहेता प्रदान गरेको थियो ।
उनीहरु सबैले प्रदान गरेका डिभाइडरहरु मदन आश्रित चोकदेखि गुम्ह्रा चोकको बीचमा स्थापना गरिएका छन् ।
यद्यपी त्यसक्षेत्रमा अझैं केही डिभाइडरहरु अपुग छ ।
राप्ती राजमार्ग अन्तर्गतको ‘क’लाइनमा पहिले नै बीरेन्द्रचोकदेखि बाहिनी चोकसम्म बीचको मेडियनमा रुख बिरुवा लगाइएको हुँदा त्यो क्षेत्र तुलनात्मक रुपमा धेरै सुरक्षित रहेपनि बाहिनी चोक मुनीको गुम्ह्रा चोकसम्मको सडक खण्ड खाली छ । जहाँ हुनुपर्ने आवश्यक सडक संकेत, चिन्ह तथा सडक लेन छुट्याउने काम जिम्मेवार निकायबाट गरिएको छैन । त्यसैले त्यस क्षेत्रमा दुर्घटनाहरु हुँदै आएका थिए ।
