२०८३ भाद्र २७ गते शनिवार

सल्यानको सिम्कमा बोलेरो जिप दुर्घटना ६ जना घाइते

दाङ , भदौ २७ ।
सल्यान बाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।


भित्री सडक खण्ड अन्तगर्त जिल्लाको त्रिवेणी गाउँपालिका –५ सिम्कस्थित सरस्वती मावि स्कुल नजिकै लु प्र ०२–००१ ज ०००५नम्बरको बोलेरो जिप करिब ९० मिटर मुनी खसेको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक देबराज भट्टराइले बताए ।

त्यो जिप सिम्क बाट लुहाम हुँदै दाङको तुलसीपुर तर्फ आउनका लागि छुटेको थियो ।
उनका अनुसार दुर्घटना ६ घाइतेको उद्धार गरि जिल्ला अस्पताल खलंगा सल्यान तर्फ लैजान थालिएको छ । यो खबर तयार पार्दासम्म घाइते कसैको पनि पहिचान खुल्न सकेको छैन ।
बिहान ८ बजेतिर जिप अनियन्त्रित भइ खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *