
तुलसीपुर, भदौ १६ ।
तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्का घाइते भएका छन् ।
मंगलबार बिहान आफ्नै घरमा काम गर्ने क्रममा उनी लडेर घाइते भएका हुन ।
उनका सचिवालयका एक सदस्यका अनुसार मेयर खड्का आफ्नै गोठको माथि काठको सिढीबाट चढ्ने क्रममा सन्तुलन गुमाउँदै एकतला माथिबाट भूइमा बजारिएका थिए । जसबाट मेयर खड्काको दाँया खुट्टामा गम्भीर चोट लागेको छ । दाहिने खुट्टा घुडा नजिकबाट ‘फ्याक्चर’ भएको चेकजाँच पछि चिकित्सकले जानकारी दिएको सचिवालयले बताएको छ ।
‘तुलसीपुर सिटी हस्पिटल’मा प्रारम्भीक उपचार पछि थप उपचाकार लागि मेयर खड्का बाँकेको लागि रिफर गरिएका छन् । मंगलबार दिउँसो बाँकेमा फ्याक्चर भएको खुट्टाको अप्रेसन हुन सक्ने सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार पछिल्लो समय भाइरल ज्वरो थलिएका मेयर सोमबार मात्रै कार्यालय आएका थिए ।
प्रकाशित मिति : २०८३ भाद्र १६ गते मङ्गलवार