
दाङ, भदौ ९ ।
बाँके नेपालगंजका स्पा बाट प्रहरीले सात जना बालबालिकाको उद्धार गरेको छ
अनुसन्धानका क्रममा बालिकालाई काममा लगाएको पाइए पछि तीन जना स्पा संचालकपनि पक्राउ परेका छन् ।
पक्राउ पर्ने मध्य एक जना भारतिय नागरिक पनि छन् ।
बाँकेको नेपालगंज उपमहानगरपालिका – १० आदर्श नगरस्थित‘न्यू प्लेजर स्पा’की संचालिका भारतिय नागरिक गुडिया खान, ‘आर्युेबेदिक रिल्याक्स स्पा’ की संचालक दुर्गा थारु र नेपालगंज – २ न्यूरोड स्थित ‘ रिल्याक्स स्पा’ का संचालक तर्कराज देवकोटा पक्राउ परेका हुन ।
जिल्लाका प्रबक्ता डिएसपी प्रतितसिंह राठोरले ती स्पाहरु बाट सात जना बालिकाकाको उद्धार गरिएको बताए ।
स्पा चेकजाँच गर्दा बालिकालाई काममा लगाइको पाइएको हुँदा खान, थारु र देवकोटालाई नियन्त्रणमा लिइएको डिएसपी राठोरले बताए ।
स्पा संचालकका बिरुद्ध जिल्ला अदालत बाँकेबाट म्याद थप भइ आवश्यक आवश्यक अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।