दाङ, साउन २५ ।
बजार अनुगमनका क्रममा ग्यास लुकाएको फेला परेपछि बाँके प्रशासनले एक जना पसल संचालकलाई ५० हजार जरिवाना तिराएको छ ।
अनुगमन टोलीले जिल्लाको नेपालगंज उपमहानगरपालिका –११ स्थित ‘शकर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोर’ले १३ वटा ग्यास लुकाएर राखेको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार पसल संचालक आर्थिक जरिवाना गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङ नेतृत्वको टोलीले आइतबार अनुगमनमा क्रममा पसल संचालकले ग्यास लुकाएर राखेको अवस्थामा फेला पारेको थियो ।
प्रकाशित मिति : २०८३ साउन २५ गते सोमवार
