२०८३ साउन २३ गते शनिवार

तुलसीपुरबाट रोल्पा जाादै गरेको जिप दुर्घटना

दाङ, साउन २२ ।
दाङको तुलसीपुर बाट रोल्पा तर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको छ ।
दुर्घटनामा परि दुई जना घाइते भएका छन् ।
रोल्पा प्रहरीका अनुसार जिल्लाको माडी गाउँपालिका – १ की १८ बर्षीया लक्ष्मी वली र दाङको तुलसीपु उपमहानगरपालिका – १७ की २२ बर्षीया बिष्णु वली घाइते भएका छन् । लक्ष्मीको घाँटी र टाउकोमा चोट छ भने बिष्णुको खुट्टा र टाउकोमा चोट छ । प्रहरीका अनुसार दुबै जनाको अवस्था मध्यम रहेको छ ।
उनीहरु दुबै जनालाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइ उपचार भइ रहेको छ ।

शनिबार दिउँसो ४ बजेटिर रोल्पाको त्रिवेणी गाउँपालिका ण्û ६ खारखोलामा जिप दुर्घटनामा परेको थियो ।

दाङ तुलसीपुरबाट रोलल्पाको दुम्ला तर्फ जाँदै गरेको ग १ ज ४४९४ नम्बरको डबल क्याप जिप उकालोमा ब्याक भई सडकबाट अन्दाजी १० मिटर तल मकैबारीमा खसेको प्रहरीले जनाएको छ । जिपमा चालकसहित ५ जना सवार थिए । अन्यको अवस्था भने सामान्ने रहेको प्रहरीले जनाएको छ ।
उक्त जिप दाङ तुलसीपुर – १० का २५ बर्षीय अर्जुन खत्रीले चलाएका थिए ।
दुर्घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *