दाङ,साउन १३ । बाँके जिल्लामा पानी भरिएको बाल्टिङमा डुवेर एकजना शिशुको मृत्यु भएको छ । खजुरा गाउँपालिका वडा नं. ७ गुनाना बस्ने वारिस भाटको १८ महिनाको छोरी जय भाटको पानीले भरिएको बाल्टिङमा डुवेर मृत्यु भएको छ ।
५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार आइवार दिउँसो पौने ५ बजेतिर घरकै आँगनमा रहेको प्लाष्टिकको बाल्टिङमा खेल्ने क्रममा पानीमा डुबेर मृत्यु भएको थियो । घटना वारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७६ साउन १३ गते सोमवार