तुलसीपुर, असार ३० ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले डा.सूर्यमान मेन्याङ्बोलाई मंगलबार बिदाई गरेको छ ।
प्रतिष्ठानले फेरि भेटौला कार्यक्रम गरि मेन्याङ्बोलाई बिदाई गरेको हो ।
उनी हालसालै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा नियुक्त गरिएका थिए ।
बिदाई कार्यक्रम प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख डा. सुरेश रसाइलीले उपकुलपतिमा नियुक्त मेन्याङ्बोलाई बधाइ दिएका थिए ।
प्रकाशित मिति : २०८३ असार ३० गते मङ्गलवार