२०८३ असार २८ गते आइतवार

काँग्रेस नेता मोहन बस्नेतले गणेशकी आमालाई १ लाख सहयोग गरे

दाङ, असार २८ ।
नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले नगर प्रहरी संगको बिबाद पछि पेट्रोल छर्केर आत्मदाहा गरेका गणेश नेपालीका परिवारलाई नगद सहयोग गरेका छन् ।

पूर्व मन्त्रीसमेत रहेका बस्नेतले आइतबार गणेशकी आमालाई भेटेर आइतबार ब्यक्तिगत रुपमा नगद एक लाख रुपैयाँ सहयोग गरेका हुन ।

मुगुका २५ वर्षीय गणेशले काठमाडौंस्थित त्रिपुरेश्वरमा नगर प्रहरीले उनको मोटरसाइकलमा ह्विल लक लगाए पछि आफ्नै मोटरसाइकलको पेट्रोल निकालेर विहीबार दिएँसो आँफैलाई आगो लगाएका थिए । उनको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएको थियो ।
काँग्रेस नेता बस्नेतले यसअघि नै गणेशको छोरीलाई स्नातकसम्म निस्शुल्क पढाउन पहल गर्ने घोषणा गरि सकेका थिए ।

प्रकाशित मिति : २०८३ असार २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *