२०८१ बैशाख ३० गते आइतवार

तुलसीपुर उवासंघको २९ औं साधारण सभा


तुलसीपुर,बैशाख १५ । पछिल्लो समयमा आर्थिक क्षेत्र चलायमान हुन नसकेको व्यवसायीहरुले बताएका छन् ।

तुलसीपुर उद्योग वाणिज्य संघको २९ औं साधारण सभा तथा १६ औं अधिवसेनमा सहभागी विभिन्न कारणले व्यसायीहरु समेत पलायन हुन थालेको बताए ।

त्यस्तै सहभागीहरुले पुरानो मानपुर बजार जस्तो तुलसीपुर बजार पनि हुने अवस्था आउन नदिन बेलैमा सचेत हुनेपर्ने बताए।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षता तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा भएको साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले नीजि क्षेत्रको सहभागीता विना आर्थिक समृद्धि हासिल गर्न नसकिने भन्दै नीजि क्षेत्रका व्यवसायहरु यस्तो अवस्थमा एक हुनुपर्ने बताए ।

उनले पछिल्लो समयमा तुलसीपुर लगायत सवै क्षेत्रमा व्यवसायीहरु पलायन हुने अवस्था आएको भन्दै यसलाई रोक्न सवै लाग्नु पर्ने बताए ।

‘अहिले धेरैले व्यवसाय दर्ता तथा नविकरण गर्नुभएको छैन् यसले गर्दा करपनि संकलन हुन सकेको छैन् उनले भने।’

उनले आर्थिक संकट परेका समयमा सवै एकतावद्ध भयर सो समस्यालाई सामाधान गर्नुपर्ने बताए ।

त्यस्तै विशिष्ट अतिथि नेपाल उद्योग बाणिज्य संघ लुम्विनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले पछिल्लो समयमा बसपार्कमा चिया चना चटपटे बेचने साना व्यवसायीहरु समेत पलायन भएको अहिलको अवस्था रहेको बताए ।

‘अहिले भारतबाट पनि पर्यटक आउन छाडे किनमेल छैन जनघनत्य घटेको छ कसरी आर्थिक चलायमान हुन्छ –शर्माले भने ।’ उनले तिन तहको सरकारबाट आफुहरुले धेरै अपेक्षा गरेपनि त्यो पुरा हुन नसकेको बताए ।

कार्यक्रममा त्यस्तै कार्यक्रममा विशिष्ट आतिथि तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतले व्यवसायीक हक हितका लागि सवै एक हुनुपर्ने बताए । कार्यक्रमामा विभिन्न राजनितिकदल संघ संस्थाका व्यक्तिहरुले शुभकामना दिएका थिए ।

साधारण सभामा बार्षिक प्रगति प्रतिवेदन तथा भावि कार्याक्रम महासचिव विनिल केसीले प्रस्तुत गरेका थिए । त्यस्तै आर्थिक प्रतिवेदन कोषाध्यक्ष देवबहादुर केसीले प्रस्तुत गरेका थिए ।

साधारण सभा तथा अधिवेसनमा पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसी, गोरक्ष दैनिकका कार्यकारी सम्पादक खेमराज रिजाल, साक्षीखवर पत्रीका प्रधान सम्पादक सुनिलकुमार पोख्रेललाई उद्योग वाणिज्य संघको हक हितमा कलाम चलाएको भन्दै सम्मान गरिएको थियो ।

कार्यक्रमको सहजिकरण महासचिव विनिल केसी र सह–कोषाध्यक्ष विमल गौतमले गरेका थिए ।

प्रकाशित मिति : २०८१ बैशाख १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *