२०८१ जेष्ठ ६ गते आइतवार

केन्द्रीय सदस्य गेहेन्द्र गिरीदेखि प्रदेश अध्यक्ष अमरसिंह पुन लगाएतका काँग्रेस नेताहरु बाणिज्य संघमा

काँग्रेसका अरु को को नेताहरु बिनिलका लागि पुगे

तुलसीपुर, बैशाख २४ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीदेखि लुम्बिनी प्रदेशका अध्यक्ष अमरसिंह पुन लगाएतका नेताहरु सोमबार तुलसीपुर उद्योग बाणिज्य संघमा पुगेका छन् ।

नेपाली काँग्रेसले तुलसीपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि युवा ब्यबसायी बिनिल केसीेको नेतृत्वमा सिफारिस गरेका आधिकारिक उम्मेदवारको पक्षमा माहोल सृजना गर्न केन्द्रदेखि प्रदेशका साथै जिल्लाका शिर्ष नेताहरु पुगेका छन् । सोमबार अध्यक्षमा बिनिल केसीसहित काँग्रेसले चयन गरेका उम्मेदवारले मनोनयन पत्र दर्ता गर्ने क्रममा दर्जन बढी नेताहरु पुगेका हुन ।

बाणिज्य संघमा संविधान सभाका सदस्य बुद्धिराम भण्डारी, लुम्बिनी प्रदेशका पूर्व सांसद शंकर गिरी, पूर्व जिल्ला पार्टी सभापति द्धय कीर्तिबहादुर खड्का, घनश्याम रेग्मी, नेता महादेब शाह, नेता केशब आचार्य, दाङ, जिल्ला सहसचिव राजु आचार्य, दाङ क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्का, क्षेत्र नं. ३ (१) का सभापति देबेन्द्र रिजाल, तुलसीपुर उपमहानगरपालिकका सभापति सुरेश हमाल लगाएतका दर्जन बढी नेता कार्यकर्ता काँग्रेसले सिफारिस गरेका आधिकारिक उम्मेदवारको पक्षमा समर्थन गर्दै बाणिज्य संघमा पुगेका थिए ।
जिल्ला पार्टी सभापति शंकरप्रशाद डाँगीपनि आउन थालेको स्रोतले बताएको छ ।

काँग्रेसले बाणिज्य संघका अहिलेका महासचिवसमेत रहेका केसी नेतृत्वको टिममा बाणिज्य उपाध्यक्ष देबबहादुर केसी, उद्योग उपाध्यक्ष हेमेन्द्र खड्का, खुल्ला उपाध्यक्ष खुसलराम शर्मा, महासचिव केशवराज केसी, सचिवमा नविन राई, कोषाध्यक्ष रुपेश शर्मा, र सह–कोषाध्यक्षमा दिपेश भण्डारीलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै एसोसियट सदस्यमा सन्दिपन रिजाल, संस्थापक सदस्यमा चिन्तामणि आचार्य, सदस्यहरुमा , शैलेन्द्रकुमार बुढाथोकी, सुवाश अधिकारी, कोमल डिसी (कमल), तिर्थ डाँगी, माधव बस्नेत, महिला सदस्य निलम बस्नेत र कल्पना बिष्ट रहेका छन् । यसअघि घोषणा गरिएका केही उम्मेदवार हेरफेर गरिएको छ ।

तुलसीपुर उद्योग बाणिज्य संघको आगामी नेतृत्वका लागि टिकट वितरणका लागि नेपाली काँग्रेसले दाङ क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्काको संयोजकतत्वमा पाँच सदस्य एक समिति गठन गरेको थियो ।


जस्मा प्रदेश ३ (१) का सभापति देबेन्द्र रिजाल, ३(२) का सभापति खिमबहादुर वली, तुलसीपुर नगरसभापति सुरेश हमाल, प्रजातान्त्रिक उद्योग बाणिज्य संघका अध्यक्ष जनकप्रशाद खराल रहेका थिए । त्यस्तै नेपाली काँग्रेस दाङले सहसचिव राजु आचार्यलाई जिल्ला प्रतिनिधिका रुपमा खटाएको थियो ।

तुलसीपुर बाणिज्य संघ भित्र नयाँ नेतृत्व चुन्नका लागि तीन हजार चार सय ७४ जना मतदाताले मताधिकार पाएका छन् ।

निर्वाचत समितिका संयोजक प्रबिण लम्सालका अनुसार उम्मेदवारहरुको नामाबली प्रकासन २४ गते अपरान्ह साढे ५ बजेसम्म तोकिएको छ । उम्मेदवारहरुको अन्तिम नामाबली प्रकासन २६ गते बेलुका साढे ५ बजेलाई निर्धारण गरिएको छ ।


तीन बर्षे कार्यकालका लागि बाणिज्य संघको नयाँ नेतृत्व चुन्न २९ गते बिहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानको समय तोकिएको छ ।

तस्बिरहरु : शरद रेग्मी ।

प्रकाशित मिति : २०८१ बैशाख २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *