२०८१ जेष्ठ ६ गते आइतवार

यसकारण विनिल नेतृत्वको टिमले जित्न आवश्यक छ

तुलसीपुर, बैसाख २६ । ‘आहा, कति शालिन युवा, यि नै हुन , तुलसीपुर उद्योग वाणिज्यसंघको अध्यक्षको उम्मेदवार ?’, विजौरी बजारमा बुधबार नेपाली कांग्रेस समर्थित विनिल नेतृत्वको टिमको पोष्टर पढ्दै एक बृद्धाले कौतुहलता प्रकट गरे ।

हो, यस्तै सबल सक्षम र कर्मशिल युवा चाहिएको छ । यस्तै शिक्षित युवा चाहिएको छ । यस्तै युवा व्यवसायी नेतृत्व चाहिएको छ, तुलसीपुर उद्योग वाणिज्य संघलाइ । युवा व्यवसायी विनिल नेतृत्वको टिमलाइ ती बृद्धले आशिर्वाद दिदै सूनिश्चित बिजय भव ः भन्दै थिए ।
उद्योग वाणिज्य संघले यस्तो युवा नेतृत्व पाउदा किन चुनावै गर्नु प¥यो ? ती बृद्धको जिज्ञासा थियो ।

तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचन नजिकिंदै गर्दा नेतृत्व लिन उम्मेदवारहरुको घरदैलो अभियान बाक्लिएको छ । पार्टिको त पुरै समर्थन छ, विनिल केसी नेतृत्वको प्यानललाइ, अनि व्यवसायीहरुको रोजाइमा पनि विनिल नेतृत्वको प्यानल परेको छ । किनकि, विनिल यस्तो व्यक्तित्व हो, उसले विदेश कहिल्यै रोजेन, काम नगरी सडक र चियापशलमा कहिल्यै भौंतारिएन । काम, काम अनि काम…।


विनिलको प्रायी व्यवसाय हो । लघु तथा मझौला उद्यम हो, अनि व्यवसायिक एकताका माध्यमबाट व्यवसायिक समृद्धि । पश्चिम दाङको व्यवसायिक पूर्वाधार निर्माण उसको अभियान हो । लगानी मैत्री बातावरणका लागि व्यवसायिक सुरक्षा उसको चासो हो ।

दक्ष श्रमशक्तिलाई स्वदेशमै लघु उद्यमका माध्यमबाट विदेश पलायन रोक्ने विनिलको अभियान हो । कर प्रणालिमा देखिएको झण्झटबाट व्यवसायिलाई सहजीकरण गर्ने र दोहोरो करबाट व्यवसायीलाई मुक्त गर्ने विनिलको अभियान हो ।


विनिल भर्खरै व्यवसायमा उदायको व्यक्तित्व पनि होइनन् । उनका बुवाको व्यवसायिक अनुभवबाट प्रभावित व्यक्तित्व पनि हुन विनिल । टिनएज देखि कै व्यावसायिक क्रेज भएको विनिल नेतृतवको टिम पाउनु ब्यबसायिका लागि अबशर हो ।

‘पाार्टीले पनि सहि निर्णय गरेको छ, व्यवसायिहरुले पनि सही प्रस्ताव गरेका रहेछन् यो प्यानललाई’, पश्चिम दाङको हापुरेमा भेटिएका एक व्यवसायिले तर्क थियो, विनिल जस्तो नेतृत्व पाउनु तुलसीपुर उद्योग वाणिज्य संघकै लापिग गौरवको कुरा हो ।

’कस्तो मिलेको छ, विनिल नेतृत्वको प्यानल । तुलसीपुर क्षेत्रमा व्यवसायीक लगाम भएका देववहादुर , रुपेश, दिपेश, केशव, हेमेन्द्र लगायतका युवा व्यवसायिहरु समेटिएको आहा । कुनै फेन्सी व्यवसायमा पोख्त छन् त कोही होटल व्यवसायमा , कोही अटो व्यवसाय तथा लिकर्स व्यवसायको लामो अनुभव बटुलेका सबै चर्चित ब्यबसायी । जस्को कर्म नै ब्यबसाय भन्दा अर्को छैन ।


उद्यम र व्यवसायसँगै नेतृत्वमा पनि ‘युवा’ सोंच हुनुपर्छ, विनिल नेतृत्वको टिमको यहि सपना छ । यही सपना साकार पार्न प्यानल अहिले चुनावी अभियानमा होमिएको छ । मतदाताबाट आशिर्वाद बटुलिरहेको छ ।

युवा व्यवसायी विनिल केसी जो काठमाडौं पुगेर पनि उच्च शिक्षा पुरा गरे । घरको सम्पत्तिले उनलाई बेदेशी मुलुकमा शुखसयल गर्दै थप अध्ययन गर्ने अवसर पनि नजुराएको होइन । परिवारका केही सदस्यबाट प्रस्ताव पनि नआएको होइन । तर उनले स्वदेश मात्रै रोजे । बुवाको व्यवसाकि कर्मथलो तुलसीपुर नै रोजे । र आज आँफुलाई एक सफल ब्यबसायीका रुपमा स्थापित गर्न सफल छन् ।
आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने स्व.बुबा विष्णुप्रसाद केसीको प्रेरणाले तुलसीपुर मै ब्यबसायमा फक्रिएका बिनिल आज आँफुलाई प्रमाणित गर्न सफल छन. ।

दाङमा उद्योग ब्यापारको सम्भावना छैन भन्नेहरूका सामु उदाहरण पेश गरेका छन् । उनले जहाँ छोया त्यही क्षेत्र जगमगाएको छ । फष्टाएको छ । चुनौती संग पैंठेजोरी खेल्दै २०६० सालदेखि उद्योग सञ्चालनको सुरुवात गरेका बिनिल त्यसपछि कहिलै फर्किएर पछाडि मोडिनु परेन ।

अहिले विनिलका लघु उद्याममा कम्तिमा एक सय जनाले रोजगारी पाएका छन् । पछिल्लो समय विनिलकै प्रेरणाले गर्दा जिल्लामा एउटै प्रविधिको उद्योग अरूले पनि सञ्चालन गरिरहेका छन् । अर्थात केक,पाउरोटी उद्योग ।


बिनिलले परिवारकै सदस्यहरूको सहयोगमा मैदा मिल सञ्चालन गरिरहेका छन् भने आफ्नै उत्पादनमा रहेको गणेश पाउरोटी उद्योगसमेत राम्रो व्यवस्थापनका साथ सञ्चालन भइहरेको छ । जहाँ ५० जनाले रोजगारी पाएका छन् । स्वर्गीय पिता विष्णुले सुरू गरेको बिष्णु ईम्पेक्स (कपडा पसल) २०७१ सालमा स्वर्गारोहण पछि बन्द गरिएको थियो । त्यसपछि पाउरोटी व्यवसायलाई अघि बढाउने पारिवारीक निर्णयले अहिले सार्थकता प्राप्त गरेको छ ।

दाङमा सफल युवा व्यवसायीको पहिचान बनाउन सफल युवा नेता बिनिल जो सुकै संग सजिलै घुलमिल हुन सक्ने सरल स्वभावका व्यक्ति हुन । युवा माझ निकै लोक प्रियता कमाउन सफल केसी आर्थिक रूपमा जर्जर बनेको राप्ती बबई क्याम्पसको कोषाध्यक्ष भइसकेपछि त्यसले काँचुली नै फेरेको छ । बिनिल तत्कालिन मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, स्थानीय सरकार र स्थानीय संघसंस्थाको समन्वयमा धेरै सुधारका कामहरू गर्न सफल भएका पात्र हुन ।

त्यसैले बिनिललाई पुनः एक कार्यकाल कोषाध्यक्षमै बसेर आर्थिक सुधारको पाटोमा सहयोग गर्न प्रस्ताव आएको हो । अहिले फेरि कोषाध्यक्षको भूमिकामा रहेका छन् । केसी त्यति मात्र हैन तुलसीपुरको होटल वेष्टर्न पार्टी प्यालेस र तुलसीपुर सिटी हस्पिटलको समेत सञ्चालकको भूमिकामा छन् ।


आफ्नै ठाउँमा केही गर्नुपर्छ र शिक्षा स्वास्थ्यका माध्यमबाट नागरिकलाई सेवा प्रदान गर्नुपर्छ भन्ने स्वर्गीय बुबा विष्णुको प्रेरणाबाट ओतप्रोत भएका विनिल त्यही कारण सफल युवा व्यवसायीको रूपमा छवि कायम गर्न सफल भएका छन् । नेपाली काँग्रेसका तुलसीपुर उपमहानगर सभापति सुरेश हमाल नेतृत्वको टिमका उपसभापति बिनिलले काँग्रेसको पार्टी कार्यालय भवन निर्माणका लागि ब्यक्तिगत तीन लाख १५ हजार साहेता प्रदान गरेका थिए ।

समाजसेवामा विनिल

त्यसो त विनिल व्यवसायक क्षेत्र मात्र होइन सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशिल व्यक्ति हुन । विश्वव्याधि कोरोना संक्रमणमा उनी कहिलै थाकेनन । विश्वव्यापी आर्थिक मन्दी रहेको समयमा व्यवसायिहरुलाइ घर धनीले भाडा बृद्धि गर्नु हुदैन भन्ने विनिलको अभियान थियो ।

स्पष्ट, सरल र शालिन बिनिल बिशाल हृदयका छन् । उनले धेरैलाई ब्यक्तिगत रुपमा सहयोग गरेका छन्। तर, उनी प्रचार र सस्तो लोकप्रियताका पछि कहिलै लागेनन् ।


कुनैपनि बिपत वा प्राकृतिक प्रकोपमा उनी मन वचन कर्मले खटिने पात्र हुन ।
मतदाताको पहिलो रोजाइमा उनै विनिल र उनको टिम रहेको छ ।

प्रकाशित मिति : २०८१ बैशाख २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *