२०८१ बैशाख १९ गते बुधवार

रक्षाचौरमै हुन्छ, आँखाको ‘कष्मेटिक सर्जरी’

तुलसीपुर, पुस १३ । रोल्पा गंगादेव – ४ की ३५ बर्षीया रिता वलीलाई साउन १५ गते आँखामा गम्भीर जलन र चोट खेपिन ।

विहान ६ बजेतिर रोटी पकाउँदै गर्दा एकाएक रिंगाटा लागेर उनी अगेनामै लडेकी थिइन । उनको दाहिने हात र देब्रे आँखाको तल्लो भागको ढकनी मुनी पुरै जलन भयो । त्यो जलनले तल्लो परेली मुन्तिरको आँखाको लोती नै बचेन । बाहिरको छाला जलेपछि तल्लो परेला मुन्तिर रातो मासु मात्रै बाँकी रह्यो ।

रितापनि सुरुमा गाउँ घरको उपचार हुँदै स्थानीय मेडिकलमा उपचार गराउन गइन । औषधीको प्रयोगले पोलेको हातको घाउ केही समय पछि बिषेक हुँदै गयो । तर, सुरुमा देखिने अनुहार र ठिक आँखा मुन्तिरको घाउ जस्ताको त्यस्तै रहिरह्यो ।

गाउँ घरका बालबालिकाले उनलाई देख्दा डराउने, खिसी गर्न थाले । ‘मलाई देखेर कतिपय बालबालिका डराउँदै भाग्थे र कतिपय छिल्लीएकाहरु कानी आइ भन्दै खिसी टिउरी गर्र्थे ,’ रिताले भनिन् ‘ उनीहरुको त्यो ब्यबहारले मलाई पीडा माथि पीडा हुन्थ्यो ।’

उनको दर्दनाक अवस्था देख्ने गाउँ घरका जान्ने सुन्ने मानिसहरु भने तुलसीपुरस्थित आँखा अस्पताल जान सल्लाह दिदै आएका थिए । गाउँका मानिसले उपचारका लागि चन्दा उठाउनु परेपनि उठाउँछौं भन्थे । ‘ त्यसले मेरो आत्मबल बढ्यो र म उपचारका लागि यहाँ आएकी हुँ,’ रिताले भनिन् । त्यसअघि दुई पटक यहाँ आइ सरसल्लाह लिएपछि बुधबार उनको अप्रेसन थियो । उनी आमाजु संग अप्रेसन गराउन रक्षाचौर आएकी थिइन ।


तुलसीपुर – ९ बेलुवास्थित आफन्तको घरमा अघिल्लो दिन आएकी उनले अप्रेसन गराउन लाइनमा कुरी बसेकी थिइन । उनको घाउ पुर्न कष्मेटिक सर्जरी गरिने चिकित्सक ज्योति सापकोटाले बताइन । ‘उहाँको कान पछाडि गर्धनको मासु निकालेर सर्जरी मार्फत जलेको आँखाको तल्लो परेलाको भाग तयार पारिने छ,’ उनले भनिन् ‘ त्यो सर्जरी पछि पहिले जस्तै आँखाको तल्लो ढकनी पनि तयार हुने छ।’

उनले यस्ता समस्या भएका बिरामीलाई रक्षाचौर आउन आग्रह सेमत गरिन । बिभिन्न कारणले आँखाको तल्लो भागको डिल झोल्लिएर धेरै तल झरी नसुहाउने भएकाहरुको पनि कष्मेटिक सर्जरी मार्फत मिलाउन सकिने सापकोटाले बताइन ।


‘चोट पटक लागेका मात्रै हैन बिभिन्न कारणले तल्लो आँखाको डिल झोल्लिएर नराम्रो देखिएको वा नसुहाउने भएकाहरु पनि रक्षाचौरमा आइ कष्मेटिक सर्जरी गराउन सक्ने सुविधा छ,’ सापकोटाले भनिन् ‘ मानिसको अनुहार र त्यसमा पनि आँखा मुन्तिरको मासुको भाग झोल्लिएर नराम्रो देखिन्छ छ भने त्यो सर्जरी मार्फत पहिले जस्तै बनाउन सकिन्छ ।’

प्रकाशित मिति : २०८० पुष १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *