२०८१ बैशाख १९ गते बुधवार

‘जनचेतनाको कमीले अन्धोपनका बिरामी बढे’

अझैपनि अस्पताल जान मान्दैनन् ४१ प्रतिसत आँखाका बिरामी

तुलसीपुर,पुस ११ । लुम्बिनी प्रदेशमा अन्धोपनका बिरामी बढेको पाइएको छ । राप्ती आँखा अस्पताल रक्षाचौरले दिएको जानकारी अनुसार साविक राप्ती अञ्चलमा मात्रै ०.८७ प्रतिशत अन्धोपनाका बिरामी थिए ।

पछि सन २०१० मा गरिएको एक सर्वेक्षणमा त्यो संख्या घटेर ०.१३ मा झरेको थियो । अस्पतालका प्रमुख प्रसासक शम्शेर थापाका अनुसार हाल लुम्बिनी प्रदेशमा अन्धोपनाका बिरामी बढेका छन । सन २०१९ मा गरिएको सर्वेक्षण अनुसार लुम्बिनी प्रदेशमा २।१ प्रतिशत अर्थात १ लाख ९५ हजार १ सय २० जना अन्धोपनाका बिरामी रहेका छन ।


यी मध्ये १ लाख १२ हजार ९ सय ६४ जना मोतिबिन्दुको कारणले अन्धोपन भएका बिरामी रहेको उनले बताए ।
थापाका अनुसार लुम्बिनी प्रदेशका १२ वटै जिल्लामध्ये रुपन्देही जिल्लामा २३ हजार ७ सय ८५ जना मोतिबिन्दुका बिरामी छन । यो सबैभन्दा धेरै संख्या हो । कपिलबस्तुमा १४ हजार ८ सय ७१ जना मोतिबिन्दुका बिरामी छन । यो मोतिबिन्दुका बिरामी भएको दोस्रो जिल्लामा पर्छ ।

त्यस्तै दाङमा १४ हजार ४ सय २७, बाँकेमा १३ हजार ५ सय ४६, बर्दियामा १० हजार ६ सय ४१, नवलपरासीमा ८ हजार ३ सय २२, गुल्मीमा ५ हजार ५ सय ९१, पाल्पामा ५ हजा ४ सय ३५, प्युठानमा ५ हजार ३ सय ५०,रोल्पामा ५ हजार २ सय ४८,अर्घाखाँचीमा ४ हजार ४ सय ५८ मोतिबिन्दुका बिरामी रहेको प्रमुख प्रसासक थापाले बताए ।

उनका अनुसार रुकुममा १ हजार २ सय ९१ जना मोतिबिन्दुका बिरामी छन । यो प्रदेशको सबैभन्दा कम मोतिबिन्दुका बिरामी रहेको जिल्लामा परेको छ ।

मोतिविन्दु, जलविन्दु र आँखाको पर्दामा देखिने समस्याका कारण अन्धोपनाका बिरामी बढेका हुन । जनचेतनाको कमीले गर्दा अझैपनि ४१ प्रतिशत आँखाका बिरामी उपचार गर्न जरुरी ठान्दैनन । त्यस्तै २० प्रतिशत आँखाका बिरामी उपचारको पहुँच बाहिर रहेका छन भने आर्थिक अवस्था कमजोर भएकै कारण ३६ प्रतिशत बिरामी उपचार लिनबाट बञ्चित रहेको थापाले जानकारी दिए ।

राप्ती आँखा अस्पतालले दृष्टिविहिनता न्यूनकरणको लागि स्थानीय पालिकासगं साझदोरी कार्यक्रम,उपचारबाट निको नहुने न्यूनदृष्टि तथा दृष्टिविहिनहरुको पुर्नस्थापना कार्यक्रममा साझदोरी गर्दै आएको छ ।

त्यस्तै अस्पतालमा हाल मोतिबिन्दुको नियमित रुपमा शल्यक्रिया,रेटिना,क्रोनिया,अक्लोप्लाष्टिक सेवा निरन्तर प्रदान गरिराखेको छ । अस्पातलले विभिन्न जिल्लाहरुमा पुगेर निशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ भने विद्यार्थी, र धामी झाक्रीहरुसगं पनि जनचेतना मुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको प्रमुख प्रसासक थापाले बताए ।


नेपाल नेत्र ज्योती सघं,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज,राप्ती आँखा अस्पतालले बुधवार आयोजना गरेको सामाजिक परिक्षण कार्यक्रममा थापाले अस्पातलले सन २०२३ मा गरेका सेवा तथा कार्यक्रमका बारेमा जानकारी गराएका हुन ।
उनका अनुसार नेपालमा दृष्टिविहिनताको अवस्था हेर्दा अझैपनि १ लाख ३० हजार व्यक्तीहरु दृष्टिविहिन छन ।

त्यस मध्ये ३० हजार २ सय ४० जना बच्चाहरु दृष्टिबिहिन छन भने ९० हजार बच्चाहरु न्युन दृष्टिबिहिन छन । नेपालमा ३० वर्ष भन्दा माथिका १ लाख व्यक्ति जलबिन्दुको समस्याबाट पिडित छन । अझैपनि २ लाख ३० हजार न्युनदृष्टिका व्यक्ति छन । त्यस्तै १ लाख व्यक्ति मधुमेहका विरामी छन । त्यस मध्येका २० हजार व्यक्ति मधुमेहका कारणबाट दृष्टिबिहिन रहेको थापाले बताए ।

साथै उनले आँखा अस्पतालबाट हालसम्म ३६ लाख बढीलाई सेवा प्रदान गरेको समेत जानकारी दिए ।

कार्यक्रममा अस्पतालका क्रनिया रोग बिषेशज्ञ डा. ज्योती सापकोटाले अस्पतालमा हालसम्म एक हजार बढीलाई क्रनियाको सेवा प्रदान गरिसकेको बताइन । त्यस मध्ये ८० भन्दा बढी बिरामीहरुको दृष्टि बचाउन आँखाको नानी प्रत्यारोपण गरेको उनले बताइन । उनले आँखा दान जिवन दान कार्यक्रमलाई गाउँगाउँसम्म पु¥याउन सके अन्धोपन न्युनीकरणमा सहयोग पुग्ने विस्वास व्यक्त गरिन ।

कार्यक्रममा अस्पतालका अक्लोप्लाष्टिक सर्जन डाक्टर सुरेश रसाइलीले आँखाको विशिस्टीकृत सेवाको लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्ने गरि सेवा थप गरिरहेको बताए । हाल अस्पतालमा नानी रोग, दृष्टि प्रर्धा, बच्चाको दृष्टि प्रर्धा जाँच लगाएका सेवाहरु प्रदान गरिरहेकोे जानकारी गराए ।
नेपाल नेत्र ज्योती सघं दाङका सभापति कृष्णकुमार गिरीको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले अन्धोपन न्यूनीकरणमा नेपाल नेत्रज्योति संघको भूमिका महत्वपूर्ण रहेको भन्दै चर्चा गरे ।

उनले राप्ती आँखा अस्पतालले दाङ सहित लुम्बिनी प्रदेशवासीकोे मन जितेर अन्य प्रदेशका बासिहरुले सिको गर्ने गरि आँखा उपचार सेवालाइ विषेशज्ञ र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले उज्यालो कार्यक्रमलाई पुर्ण रुपमा सफल पार्न आँखा अस्पतालसगं साझेदारी गर्दै आएको र त्यसलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए ।

तुलसीपुरमा अधिकांश आँखा अस्पतालहरु दर्ता बिना नै सञ्चालन भइरहेको भन्दै उनले आश्वयक ऐन कानुन बनाएर त्यसलाई नियमन गर्ने तयारीमा रहेको बताए ।


कार्यक्रममा तुलसीपुरकी उपप्रमुख स्यानी चौधरी, वडा नं. ९ का वडाध्यक्ष घनश्याम ढकाल, पत्रकार लगाएतले धारणाहरु राखेका थिए ।


नेपाल नेत्र ज्योती सघंका सचिव धनश्याम सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण राप्ती आँखा अस्पतालका सूचना अधिकारी बालाराम खड्का र रिपोर्टस क्लव दाङका अध्यक्ष सरद रेग्मीले गरेका थिए ।

प्रकाशित मिति : २०८० पुष ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *