२०८१ बैशाख १९ गते बुधवार

शान्तिनगरमा निशुल्क स्वास्थ्य शिविर – सर्वसाधारण लाभान्बित

शान्तिनगर, पुस ६। शान्तीनगर – ३ पातेटाकुराकी ६० बर्षीया सीता सुनार छाला रोगका कारण आजिद थिइन । उनको खुट्टामा दात छ ।

नजिकै शिविर संचालन भएको थाहाँ पाए लगतै उनी बिहानै सरस्वति आधारभूत बिद्यालय जुम्मेकुला पुगेर नाम दर्ता गराएकी थिइन । दिउँसो एक बजे शिविर स्थलमै भेटिएकी उनले डाक्टरलाई देखाएर औषधि लिइ सकेकी थिइन ।


‘ चेकजाँच पछि मलाई घाउनमा लगाउने मलम र खाने दवाइ दिनु भएको छ,’ सुनारले भनिन् ‘ यो औषधिले मेरो दाद निको भए म कति खुसी हुने थिए ।’ गरिबीका साथै ब्यस्ताका कारण सहर बजारमा उपचारका लागि जान नसकेको बताउने सुनारपनि नजिकै निशुल्क स्वास्थ्य शिविर संचालन भएको खुसी थिइन ।


ढाड दुख्नेदेखि गाँठागुँठी दुख्ने समस्याबाट ग्रसित शान्तिनगर – ३ का ७२ बर्षीय शालिकराम गन्दर्भ दिउँसो शिविर स्थलमा भेटिदा पर्चा हातमा लिएर उभिइ रहेका थिए । ‘मेरो रगत चेकजाँचका लागि तानेर लगेका छन्,’ उनले भने ‘ डाक्टरले रिपोर्ट आएपछि मात्रै औषधि दिने मिल्ने बताउनु भएको हुँदा पर्खिराखेको छु ।’


हातखुट्टा झमझमाउने, टाउको दुख्ने जस्ता समस्या समेत रहेको बताएका गन्दर्भले शिविर निकै भिडभाड भएका कारण समयमै चेकजाँच गराउन नसकेको गुनासो गरेका थिए ।


शान्तिनगर गाउँपालिका – ४ शान्तिपुरकी ५८ बर्षीया नन्दकली वली बिहीबार गाउँमै निशुल्क चेकजाँच गराउन पाउँदा मख्ख थिइन । आँखा बिस्तारै धमिलो हुँदै केही नदेख्ने समस्या भोग्दै आएकी उनलाई आँखा रोग बिषेशज्ञले चेकजाँच गरि समस्या निदानको उपाय बताइदिए ।


‘मलाई डाक्टरले राम्रो संग आँखा जाँच गरिदिनु भयो र आँखा मधुरो हुँदै जानुको कारणपनि भनिदिनु भयो,’ वलीले भनिन् ‘ अब चश्मा लगाउनु पर्छ भन्ने सल्लाह दिनु भएको छ ।’ आँखा धमिलो हुँदै गएपनि उपचार गराउने आवश्यक रकम नभएकै कारण यसअघि उपचारका लागि बाहिर जान नसकेको बताउने वली गाउँमै निशुल्क शिविर संचालन भएपछि मख्ख थिइन ।

डेढ घन्टा लगाइ पैदल हिडेर आएको बताउने ७० बर्षीइा चन्द्री सोती मगर लौरीको साहेताले लाइनमा उभिएकी थिइन । दमका साथै ढाड, हात खुट्टाको जोर्नी देख्ने समस्याबाट पीडित उनले पनि बढी भिडभाडका कारण आँफु लाइनमा बस्न नसकेपछि ढोका छउमा गइ बसेको देखेर चेकजाँच गरिदिएको बताइन । चेकजाँच पछि उनी औषधि लिने लाइनमा बसेकी थिइन ।

३५ बर्षीया सरस्वती गैरे पाठेघर सम्बन्धी समस्या भएका कारण चेकजाँच गराउन भनेर शिविरमा आएकी थिइन । नाम दर्चा गराइ सकेर चौरमा बसी रहेकी उनले भिडभाड अलि कम भएपछि देखाउन सहज होला भनेर तथा जेष्ठ नागरिकले पहिला देखाउन भन्ने हेतुले पर्खिरहेको बताइन ।

काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड शिक्षण अस्पताल सिनामंगलका बालरोग बिषेशज्ञ डा. तारेक बिन कमालले शिविरमा आएका मध्य अधिकाँस बच्चामा रोघाखोकीको समस्या देखिएको बताए ।


बाल दम, स्वाँसप्रश्वासको इन्फेक्सन, बाफ लगाउनु पर्ने बच्चाहरु शिविरमा चेकजाँच गराउन आएको पाइएको उनले जानकारी दिएका थिए । बालरोग, हाडजोर्नी, नशा , आँखा, नाक, कान, घाँटी, यूरो , डेन्टल, स्त्रीरोग सम्बन्धि बिषेशज्ञले शिविरमा चेकजाँच गरी सल्लाह सुझाव र औषधी निशुल्क दिएका थिए ।

काठमाडौंबाट १९ जना विषेशज्ञ डाक्टरसहितको टिम दाङको शान्तिनगरमा पुगेर बिहीबार निशुल्क स्वास्थ्य शिविर गरेको थियो । मेडिकल कलेजको प्राबिधिक सहयोग र गाउँपालिकाको आयोजनामा ग्रामिण भेगका सर्वसाधारणलाई सेवा दिने हेतुले शिविर आयोजना गरिएको थियो ।

शिविरमा चेकजाँच गरेको पर्चासहित रोग पत्ता लागेका बिरामीको अप्रेसन गर्नु पर्ने अवस्था भएपनि काठमाडौं मेडिकल कलेजमा पुगे शिल्यक्रिया सम्मको सेवा निशुल्क दिने कलेज प्रशासनले जानकारी दिएको छ ।

मेडिकल संचालक तथा प्रतिनिधिसभा सांसद सुनिल शर्माले चाहेरपनि अस्पताल सम्म जान नसक्ने ग्रामिण भेगका सर्वसाधारण नागरिकलाई सेवा दिने उदेश्यले शान्तिनगर गाउँपालिकामा आइ निशुल्क शिविर संचालन गरिएको बताए । शिविरमा रगत, दिशा, पिशाव चेकजाँच गर्नुका साथै सामान्ने रोगहरुको स्क्रिनिङका काम गरिएको शर्माले जानकारी दिए

। भिडियो इक्शरेका साथै मुटु सम्बन्धि इकोकार्डियोग्राफी सेवापनि प्रदान गरिएको थियो । बिरामीलाई रोगको अवस्था बताइदिने, त्यसको उपचार हुने अस्पतालबारे जानकारी दिनुका साथै शिविरमा चेकजाँच गराएका बिरामी त्यो पर्चा लगेर मेडिकल कलेजमा पुगे निशुल्क शल्यक्रिया समेत गरिदिने मेडिकल संचालक शर्माले जानकारी दिएका थिए ।

‘मुटुदेखि मस्तिष्क सम्बन्धि कुनैपनि अप्रेसन गर्नु परेपनि यहाँ चेकजाँच गराएको पर्चा लगेर काठमाडौं पुगे हामी निशुल्क उपचार गरिदिने छौं,’ शर्माले भने ‘ यत्ति हो विरामीले आउने जाने भाडाका साथै बस्ने खर्च र औषधी किन्ने पैंशा लगेर गए पुग्छ ।’

शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले बिभिन्न स्वास्थ्य समस्या झल्दै आएका सर्वसाधारण आफ्नो गाउँ घरमै निशुल्क चेकजाँचसहितको औषधीको सेवा पाउँदा खुसी भएको बताए ।


गरिबी, नजिकमा अस्पताल नहुनु, अस्पताल लैजाने सहयोगी नहुनु जस्ता कारणलेहरुले आँफुहरु समयमै अस्पताल जान नसकेको त्यहाँ पुगेका सर्वसाधारणले बताएका थिए ।


शिविरमा दिउँसो डेढ बजेसम्म झन्डै एक हजार जति सर्वसाधारण विरामीले स्वास्थ्य चेकजाँच तथा परामर्ष लिइ सकेका थिए ।

प्रकाशित मिति : २०८० पुष ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *