२०८१ बैशाख १९ गते बुधवार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पायो ‘पीजी’ तहको अनुमति

घोराही,मंसिर २२ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘पीजी’ तहको अध्यापनका लागि अनुमति पाएको छ ।

चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रका लागि चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर (पीजी) तहको ४ सिट प्रतिष्ठानलाई दिएको छ ।

प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईका अनुसार एमडिजिपिमा २, अर्थोपेडिकमा १ र प्रसुतीमा १ गरेर ४ सिट प्राप्त गरेको हो ।

प्रतिष्ठानले यस अघि बिएस्सि र बिएनएस नर्सिङको पढाई सुरु गरेको छ । जसमा अब दोस्रो ब्याजको पढाईकालागि भर्ना कार्यक्रम सुरु भएको सूचना अधिकारी भट्टराइले बताए ।

प्रतिष्ठानमा चिकित्सकको स्नातकोत्तर तह एमडिएमएसको पढाई सुरु हुनु दाङकालागि खुसीको कुरा भएको उपकुलपती डा. बिकास लामीछानेले बताए ।

साथै उनले अब छिट्टै एमविविएसका कार्यक्रम पनि सुरु गर्ने गरि प्रक्रिया अगाडी बढाईएको बताए ।

प्रकाशित मिति : २०८० मङ्सिर २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *