२०८१ बैशाख ३० गते आइतवार

रुपा गन्दर्भका परिवारलाई नगद र खाद्यान्न सहयोग

तुलसीपुर, असोज २४ । तुलसीपुर क्षेत्रका ब्यबसायी र सामाजिक क्षेत्रमा क्रियासिल संगठनहरु मिलेर रुपा गन्दर्भका परिवारलाई आइतबार नगद तथा खाद्यान्न सहयोग गरेका छन् ।

नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिकाका सभापति सुरेश हमालको नेतृत्वमा पुगेका उद्योगी, ब्यबसायी र संघ संगठनका प्रतिनिधिले तुलसीपुर ४ रक्षाचौरमा पुगेर गन्दर्भ परिवारलाई साढे बाह्रा हजार नगद र करिब दूईमहिना जत्ति पुग्ने खाद्यान्न सहयोग गरेका हुन ।

गन्दर्भ परिवारका लागि नगरसभापति हमालले नगद दूई हजार, देबराज भण्डारीले एक हजार पाँच सय, गोरख वली, गौरब केसी, इश्वरी पाण्डे, मोहन भण्डारीले जनही एक ÷ एक हजार आर्थिक साहेता गरेका थिए । त्यस्तै रोटरी क्लब र रोट्रयाक्ट क्बल मिलेर तीन÷तीन हजार गरि ६ हजार नगद साहेता गरेको रोट्रयाक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।

त्यस्तै तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजाल र संघका महासचिव तथा नेपाली काँग्रेस तुलसीपुर नगर उपसभापति बिनिल केसीले जनही एक÷एक बोरा चामल, जनक रावतले चार पोका आटा पिठो साहेता गरेका थिए ।

दशैं, तिहार जस्ता चाड पर्वहरुमा कसैको घरमा पनि खाद्यान्न अभाव नहोस भन्ने हुतुले आँफूहरु मिलेर गन्दर्भ परिवारलाई बिगत आठ बर्षदेखि नियमित खाद्यान्न तथा आर्थिक सहयोग गर्दै आएको काँग्रेस तुलसीपुर नगर सभापति हमालले जानकारी दिए ।

सहयोग हन्तारन्तण कार्यक्रमलाई सम्बोधन गर्दै रोटरी क्लब अफ तुलसीपुरका अध्यक्ष शिब श्रेष्ठले रुपा गन्दर्भका चार सञ्तान मध्य तीन जना दृष्टिबिहीन र एक छोरा शारिरीक रुपमा अपाङ्गता रहेको हुँदा मानविय नाताले बिगतका बर्षहरु जस्तै चाडपर्वमा सहयोग गरेको बताए ।

रुकुम पश्चिमबाट दश बर्ष पहिले सामाजिक संघ संस्थाको सहयोगमा तुलसीपुरमा बसाई सरी आएको गन्दर्भ परिवार हाल रक्षाचौरमा दूई वटा कोठा लिएर भाडामा बस्दै आएको छ ।

रुपका श्रीमान भने दोस्रो बिबाह गरि छुट्टै बस्दै आएका छन् । त्यही भएर आँफू र आफ्नो परिवारलाई साँझ बिहान हातमुखको जोहो गर्नपनि कठिन रहेको रुपाले बताइन । कार्यक्रमको सहजीकरण पत्रकार शरद रेग्मीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ असोज २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *