२०८१ बैशाख २३ गते आइतवार

मोफशलका ब्यबसायी धरासायी छन्ः महासचिव केसी

तुलसीपुर उद्योग वाणिज्यसंघ २९ औं साधारणसभा र विसौं अधिवेशनको संघारमा छ । साधारणसभा तथा अधिवेशनकालागी सदस्यता नविकरणको काम सकिएको छ ।

साथै अधिवेशनको कार्यतालिका समेत सार्वजनिक भएको छ । तुलसीपुर उद्योग वाणिज्य संघको साधारणसभा आगामि बैसाख १५ गते सम्पन्न हुदैछ । साथै बैसाख २९ गते नयां नेतृत्वको चयनकालागी निर्वाचन कार्यतालिका समेत सार्वजनिक भैसकेको छ ।

तुलसीपुर उद्योग वाणिज्यसंघको साधारणसभा तथा अधिवेशन भैरहंदा व्यवसायीहरुको पलायनको अवस्था भने जर्जर रहेको छ । उपभोक्ताहरु घटिरहेका छन् । हरेक दिन व्यवसाय छाडेर पलायन हुने प्रबृत्तिले व्यवसायीक भवनका सटरहरु खालि हुदै गरेका छन् । तुलसीपुर उद्योग वाणिज्यसंघले यसमा चिन्ता समेत व्यक्त गरेको छ ।

पछिल्लो समयमा मोफसलका व्यवसायीहरुको समस्या, व्ववसायीको पलायन तथा मोफसलको आर्थिक मन्दीको समस्याका विषयमा केन्द्रित रहेर गोरक्षले तुलसीपुर उद्योग वाणिज्य संघका वर्तमान महासचिव तथा प्रखर युवा व्यवसायी विनिल केसी संग गरेको कुराकानीको सारसंक्षेप ।

प्रश्न तुलसीपुर उद्योग वाणिज्य संघले आफ्नो उन्तीसौ साधारणसभा र विसौ अधिवेशन गरीरहदा तपाइहरुका मुख्य व्यवसायीक एजेण्डाहरुका विषयमा केहि जानकारी गराइदिनुस न?

उत्तरःः सवैभन्दा पहिले त मुलुकको अर्थतन्त्र अझैपनि गम्भीर खतराको अवस्थामा छ । हरेक दिन व्यवसाय छाडेर पलायन हुने अवस्था छ । नागरीकहरु समेत घटिरहेको अवस्था छ । यो अवस्थालाइ हामीले गम्भीर रुपमा लिएका छौं । त्यसैले आगामि साधारणसभामा हामीले पहिलो एजेण्डाका रुपमा यस अघि उद्योग वाणिज्यसंघले गरीरहेका गतिविधिहरुको निरन्तरतालाइ प्रार्थमिकतामा राख्ने छौं । त्यसमा सामाजिक अभियान देखि व्यवसायीक समृद्धि देखि व्यवसाय उत्थानका लागी दिइने सहयोग र सचेतना कार्यक्रमहरु पनि हुने छन् । त्यसपछिको हाम्रो अभियान भनेको विद्यमान अर्थतन्त्रलाइ उकास्न मोफसलमा रहेका व्यवसायीहरुलाइ के कस्ता कार्यक्रमहरु ल्याउन सकिन्छ भनेर हामीले प्रदेश उद्योग वाणिज्य संघ मार्फत नेपाल उद्योग वाणिज्य संघसंग पनि निरन्तर परामर्श गरीरहेका छौं । ताकि यहांको बजारलाइ चलायमान बनाउन सकौं र यहाको पैसालाइ यहि क्षेत्रमा खर्च हुने वातावरण बनाउन सकौं ।

अर्को कुरा पनि मैले तपाइलाइ स्मरण गराउन चाहन्छु कि हाअमीलाइ उद्यमशिलताको विकाश अपरीहार्य भएको छ । यसकालागी यहांको संभावना भनेको कृषि र पर्यटन क्षेत्रकै हो । यसमा साना तथा मझौला उद्योग यहि सन्चालन गरेर व्यवसायीक विस्थापन एवं युवा विस्थापनको अवस्थालाइ न्युनिकरण गर्न चाहेका छौं । एक बर्ष एक उद्यमशिलताको अभियानमा हामी जुटेका छौं । ताकि स्थानिय तहमै केहि कमाइ होस अनि केहिले स्थानिय स्तरमै रोजगारीको अवस्था पनि पाउन भन्ने हाम्रो आधारशिला हो । यसकालागी संबन्धित इच्छुक व्यवसायीलाइ अनुशिक्ष्ँण तालिम दिने र उद्यमशिलताको विकाशमा लगाएर साना तथा मझौला उद्योगको स्थापनालाइ राज्यको पनि सहयोग जुटाउने हाम्रँे ध्येय रहेको छ ।

यसमा हामीले स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकार समक्ष्ाँ पनि हाम्रा मागहरुलाइ हाम्रा प्रादेशिक संरचना मार्फत संघ सम्म पु¥याउने तयारीमा पनि छौं । त्यसैगरेर अर्को व्यवसायीक एजेण्डा भनेको व्यवसायीहरुलाइ आधुनिक सुचना प्रविधिमा जोडेर करको दायरामा ल्याउने र कर करले होइन रहरले तिर्ने वातावरणको पनि व्यवस्थापन गर्ने हाम्रो अर्को एजेण्डा रहेको छ । त्यसैगरी यहांका व्यवसायीको जल्दो वल्दो समस्याका रुपमा रहेको घरवहाल करको समस्या हो । हामीले यो विषयमा के निक्यौल गरेका छौ भने घरवहाल कर व्यवसायीले तिर्ने होइन, घरधनीले तिर्ने हो । त्यसैकालागी हामीले यो विषयमा स्थानिय सरकारसंग सहकार्य गरी घरवहाल करका विषयमा घरधनीलाइनै तिर्नुपर्ने व्यवस्थापनकालागी प्रतिवद्ध छौं ।

हाम्र्रो अर्को समस्या भनेको व्यवसायीक सुरक्षाको पनि हो । यसलाइ हामीले सुचना प्रविधिसंग जोडेर हरेक बजारमा ढुक्क संग सुरक्षित भएर व्यापार व्वयसाय गर्ने वातावरण मिलाउनकालागी स्थानिय सरकार, स्थानिय सुरक्षा निकाय तथा स्थानिय प्रशासन संग पनि सहकार्य गरी व्यवसायीक सुरक्षालाइ आधुनिक प्रविधिमा जोड्ने छौं । यसमा हामीले तत्काल कार्यान्वयन गर्ने योजना पनि बनाइसकेका छौं । अको कुरा पनि हामीले यहि साधारणसभामा एजेण्डाका रुपमा लैजाने छौं । भैपरी आउने समस्यालाइ नितिगत हिसावले दिर्घकालिन रुपमा समाधान गर्नकालागी प्रदेश उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघमा पनि यो कुरालाइ लैजाने छौं । सवैभन्दा गहन विषय त युवा पलायनकै हो । यसलाइ रोक्न स्थानिय उद्यमशिलता र स्थानिय रोजगारीनै हो । यसमा पनि हामी नितान्त गम्भीर भएर योजना ल्याउने तयारीमा छौं ।

प्रश्नः सरकार भनिरहेको छ, मुलुक आर्थिक समृद्धिको लयमा फर्किसक्यो, तर दिनदिनै सटरहरु खालि गरेर व्यवसायीहरु पलायन हुदै छन् नी?

उत्तरः सरकारको आर्थिक इन्डिकेटर अर्कै होला, तर हामी मोफशलमा बस्नेहरुको यथार्थ अर्कै छ । हो, कर्पोरेट विज्नेस हाउसहरुको आर्थिक इन्डिकेटर सुध्रिएको हुन सक्छ । सरकारका आर्थिक विश्लेषकहरुले गर्ने अध्ययन र दिने रिपोर्ट भनेको ठुला कर्पोरेट विज्नेस हाउसको हो । तर मोफशलको अर्थतन्त्र सुध्रिएको हामीलाइ अनुभुति भएको छैन । साना तथा मझौला उद्योगलाइ टिक्नै गाहा्रो भएको अवस्था छ । त्यहि कारण मुलुकको अर्थतन्त्र लयमा फर्कन लागेको भन्ने अर्थमन्त्रालय र प्रधानमन्त्रीको स्पीचमा हामी मोफशलका व्यवसायी विस्वस्त हुने कुनै आधार नै छैन । हामीले यो विचमा युवाहरु गुमाएका छौं, जुन हाम्रा जनशक्ति हुन् ।

हामीले व्यवसायी पनि गुमाइरहेका छौं, जुन व्यवसायीहरु आफ्नो घरजग्गा लिलाम गरी विदेश पलायन भैसकेका छन् । अनि हामीले यीनीहरुलाइ गुमाउदै गर्दा उपभोक्ताहरु पनि गुमाएका छौं) । किनकि युवा र व्यवसायीहरु हाम्रा उपभोक्ता पनि हुन् । यो अर्थमा यहांको अर्थतन्त्र सुध्रोको भन्नु झुठो प्रचार मात्रै हो । जुन प्रचारबाजी गर्नकालागी अर्थ विश्लेषकहरु मोफशलमा आएर तथ्यांक लिएको हामीले पाएका छैनौं । यो त सरकार टिक्न र टिकाउन गरेको झुठो प्रचारबाजी मात्रै हो । मोफशलको अर्थतन्त्र अझै पनि लयमा फर्केको छैन ।

प्रश्नः मुलुकको समग्र अर्थतन्त्रलाइ लयमा फर्काउन राज्यले के सहयोग गर्नुपर्छ जस्तो लाग्छ, तपाइलाइ?

उत्तरः हो हामी उद्योगी व्यवसायीहरु विगतको आधा दशकदेखि निकै गम्भीर संकटमा छौं । विगतमा फैलिएको विश्वव्याधि कोरोना संक्रमणका कारण विश्व अर्थतन्त्रमै गम्भीर संकट उत्पन्न भयो । त्यसमा नेपालका व्यवसायीहरु पनि अछुतो रहन सकेनन् । त्यसलगत्तै विश्वव्यापी आर्थिक मन्दीको अवस्था सृजना भयो । यसले पनि नेपालको अर्थतन्त्रलाइ गम्भीर प्रभाव पार्यो । तर अव मुलुकका सवै क्षेत्रलाइ अर्थतन्त्रको लयमा फर्काउन राज्यले विशेष राहत प्याकेजको कार्यक्रम ल्याउन आवस्यक छ । यसकालागी विभिन्न क्षेत्रमा सहुलियत र अनुदानको कुरा आउछ । योजना बनाउनेहरुले यो विषयलाइ गम्भीरता पुर्वक लिन आवस्यक छ । विद्युत शुल्कमा सव्सिडिका कुरा हुन सक्छन् ।

साना तथा मझौला उद्योग सन्चालनकालागी अनुदानका कुरा हुन सक्छन् । कृषिलाइ व्यवसायीकरण गर्नकालागी यान्त्रिक सहयोगका कुरा हुन सक्छन् । लगानीकर्तालाइ कस्ट अफ प्रोडक्शनकालागी व्यवसायीक बृत्ति विकाश कार्यक्रम हुन सक्छन् । त्यसैगरी कृषि उपजको बजारीकरणका कुरा हुन सक्छन् । यी सवै विषयमा सरकारले गम्भीरता पुर्वक प्रस्तुती भएमा मात्र मुलुकको अर्थतन्त्र लयमा फर्कन सक्ने छ, अन्यथा केद्रमा अर्थविदलाइ उदृत गर्दै केहि सन्चार माध्यमले प्रचार गरेकै भरमा मोफसलको अर्थतन्त्र लयमा फर्केको भन्ने स्वीकार्ने अवस्था रहंदैन ।

प्रश्नः तुलसीपुर उद्योग वाणिज्यसंघको साधारणसभा संगै अधिवेशन पनि हुदै छ । नयां नेतृत्व पनि चयन होला । यसमा तपाइ वर्तमान महासचिवको नाताले कुन पदमा दावि हुन सक्छ?

उत्तरः मैले स्पष्ट रुपमा भन्नुपर्दा मेरो दावी भनेको तुलसीपुर उद्योग वाणिज्यसंघको अध्यक्ष पदकालागी हो । किनकि मैले दुइ कार्यकाल तुलसीपुर उद्योग वाणिज्यसंघकै पदाधिकारी भएर कार्यकुशलता निर्वाह गरीसकेको छु । व्यवसायीक समस्या भोगिरहेको छु । अनि नेतृत्वकालागी मेरो मात्र चाहना होइन, साथीभाइहरुको पनि चाहना हो । किनकि धेरै उद्योगी व्यवसायी साथीभाइहरुले मलाइ तुलसीपुर उद्योग वाणिज्यसंघको नेतृत्वको जिम्मेवारी अनौपचारीक रुपमा दिइसक्नुभएको छ । मेरो चाहनाभन्दा पनि तुलसीपुर उद्योग वाणिज्यसंघका अधिकांश व्यावसायी मित्रहरुको चाहनालाइ सम्वोधन गर्न पनि मैले तुलसीपुर उद्योग वाणिज्यसंघको नेतृत्व लिनु मेरो नैतिक दायित्व पनि हो । हो यसमा फेरी पनि हाम्रो संस्थामा पनि सल्लाह गर्नुपर्ने छ ।

पार्टिसंग पनि सरसल्लाह होलान । तर पनि मेरो अनुभवलाइ पार्टिले पनि विश्वास गर्ने छ भन्नेमा म पुर्ण विश्वस्त छु । तुलसीपुर उद्योग वाणिज्यसंघको नेतृत्व मेरो एकल अभियान होइन, अधिकांश कर्मशिल व्यवसायीहरुको साथ सहयोग र समर्थनले मात्रै मैले आगामि अधिवेशनमा तुलसीपुर उद्योग वाणिज्यसंघको अध्यक्षमा उम्मेदवारी दिनेमा तपाइको सन्चार माध्यम मार्फत तुलसीपुर उद्योग वाणिज्व्यसंघमा आवद्ध आम उद्योगी व्यवसायीहरुलाइ पनि जानकारी गराउन चाहन्छु ।

प्रकाशित मिति : २०८० चैत्र २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *