२०८१ जेष्ठ ७ गते सोमवार

तुलसीपुर वाणिज्य संघको टिकट बितरण गर्न काँग्रेसको संयन्त्रमा को– को छन् ?

तुलसीपुर, बैशाख २१ । नेपाली काँग्रेसले यही बैशाख २९ गते हुने तुलसीपुर उद्योग बाणिज्य संघको निर्वाचनको नेतृत्व चयन गर्नका लागि एक संयन्त्र निर्माण गरेको छ ।

तुलसीपुरस्थित क्षेत्रीय पार्टी कार्यालयमा बुधबारदेखि त्यो संयन्त्र बसेर तुलसीपुर उद्योग वाणिज्य संघमा अब कस्लाई पठाउने भन्ने बारे गृहकार्य गर्दै आएको छ ।


गठित संयन्त्रको संयोजकमा नेपाली काँग्रेस दाङ क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्का, ३ (१) का प्रदेश सभापति देबेन्द्र रिजाल, ३ (२) का सभापति खिमबहादुर वली, तुलसीपुर उपमहानगरपालिकाका सभापति सुरेश हमाल र प्रजातान्त्रिक उद्योग बाणिज्य संघका अध्यक्ष जनकप्रशाद खराल सदस्य रहेका छन् ।


उद्योग वाणिज्य संघको टिकट वितरण गर्ने संयन्त्रलाई सहजीकरण गर्ने उदेश्यका साथ जिल्ला पार्टी सभापति शंकरप्रशाद डाँगीले आफ्नो तर्फबाट जिल्ला सहसचिव राजु आचार्य खटाइएका छन् ।

यही संयन्त्रले काँग्रेसको तर्फबाट अब तुलसीपुर उद्योग वाणिज्य संघको नेतृत्वमा कस्लाई पठाउने भन्ने सवालमा आन्तरिक छलफल तथा गृहकार्य गर्दै आइ रहेको छ । हालसम्मको छलफल मुख्य गरि बाणिज्य संघका वर्तमान महासचिव विनिल केसी र संघका उपाध्यक्ष ललितजंग शाह मध्य कस्लाई नेतृत्वका लागि पठाउने भन्ने बारेमा केन्द्रित रहेको स्रोतले बतायो ।

‘ दुई मध्य कस्लाई वाणिज्य संघको नेतृत्वका लागि पठाउने भन्ने बारेमा छलफल र बहसहरु भइ रहेका छन्,’ एक नेताले भने ‘ छलफल अब साँघुरीदै गएको छ र सकभर हामी पार्टीको तर्फबाट संस्थागत रुपमा निर्णय गर्ने पक्षमा छौं।’

यही २९ गते हुने तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनको लागि बिहीबार मात्रै मतदाता नामावली प्रकासन गरिएको थियो ।
संघ भित्र नयाँ नेतृत्व चुन्नका लागि तीन हजार चार सय ७४ जना मतदाताको नाम प्रकासित गरिएको निर्वाचत समितिका संयोजक प्रबिण लम्सालले फरककोणलाई जानकारी दिएका थिए ।


सार्वजनिक निर्वाचत कार्यतालिका अनुसार मतदाताको अन्तिम नामाबली प्रकासन भने २२ गते दिउँसो ३ बजेलाई तोकिएको छ ।
त्यस्तै उम्मेदवारहरुको नामाबली प्रकासन २४ गते अपरान्ह साढे ५ बजेसम्म तोकिएको छ । उम्मेदवारहरुको अन्तिम नामाबली प्रकासन २६ गते बेलुका साढे ५ बजेलाई निर्धारण गरिएको छ ।


तीन बर्षे कार्यकालका लागि बाणिज्य संघको नयाँ नेतृत्व चुन्न २९ गते बिहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानको समय तोकिएको छ । निर्वाचन समितिले मतदाताले संघले प्रदान गरेको मतदाता परिचय पत्र , त्यसबाहेक नागरिकता वा राष्ट्रिय परिचय पत्र ल्याउनु पर्ने नियम बनाएको छ ।
निर्वाचन लगतै मतगणना सुरु हुने र गणना सकिना साथ निर्वाचित उम्मेदवारको प्रतिफल प्रकासित गरिने भएको छ

केसी र शाह बाहेक सर्वसम्मत नेतृत्व चयनको वातावरण निर्माण भए अन्य बिभिन्न अग्रज ब्यापारी नेताहरु पनि नेतृत्वमा जाने मनस्थितिमा रहेको स्रोत बताउँछ । सर्वसम्मत नेतृत्व चयनको प्रयास स्वरुप र सबैलाई स्वीकार्य हुने साझा ब्यक्तिको खोजीमा आँफुहरु कसरतमा जुटेको एक नेताले बताए ।

प्रकाशित मिति : २०८१ बैशाख २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *