दाङ, असार ७ । चितवनमा शनिबार बिहान भएको दुर्घटनामा परि सात जनाको मृत्यु भएको छ ।
एक गर्भवतीसहित पाँच महिला र दुई जना पुरूषको दुर्घटनामा परि मृत्यु भएको छ ।
यो समाचार तयार पार्दासम्म दुई जनाको मात्रै सनाखत भएको छ। मकवानपुरका – ५५ वर्षीय सोमप्रसाद रूपाखेती र मकवानपुर हेटौंडाकै – ५३ वर्षीया मैंयाकुमारी न्यौपानेको मात्रै अहिलेसम्म सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मृतक मध्य अन्य चार महिला र एक पुरूषको सनाखत हुन बाँकी नै छ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत चितवको राप्ती नगरपालिका–३ मा यात्रुवाहक बस र माइक्रो ठोक्किँदा सात जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा परि थप २० जना घाइते छन् ।
घाइतेहरूको चितवनाका बिभिन्न अस्पतालहरु पुरानो मेडिकल, नयाँ मेडिकल कलेज र भरतपुरको एलाइभ अस्पतालमा उपचार भइरहको छ।
धनगढीबाट काकडभिट्टा जाँदै गरेको प्रदेश १ –०१–००१ ख ३५८३ नम्बरको बस र विपरीत दिशातर्फ आइरहेको बागमती प्रदेश ०३ –००१ज २९९ नम्बरको माइक्रो आपसमा ठोक्किदा उक्त दुर्घटना भएको थियो ।