२०८२ साउन १ गते बिहिवार

ज्योतिपुञ्जद्धारा खेलकुद र साहित्यिक कार्यक्रममा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको घोषणा

नगर प्याब्सन रनिङ शिल्डमा बिजयी विद्यार्थीहरुलाई नगद पुरस्कार सहित सम्मान



श्रीधर थापा,दाङ, पुस ७ । दाङको घोराहीमा रहेको ज्यातिपुञ्ज आवासीय माध्यमिक विद्यालयले आज आइतबार विद्यालयमा एक कार्यक्रम गरी गत हप्ता घोराही नगर प्याब्सनको आयोजनामा नवलपुरमा भएको नगर प्याब्सन रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीलाई नगद पुरस्कार सहित सम्मान गरेको छ ।

गतहप्ता घोराही नगर प्याब्सनको आयोजनमा घोराहीको नवलपुरमा भएको प्रतियोति तर्फ ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय घोराही छात्रा तर्फ कवड्डीमा द्धितिय, छात्रा तर्फ २०० मिटर दौडमा द्धितिय र छात्रा तर्फ नै ६० मिटरको दौडमा तृतीय भएको थियो । 

आज विद्यालयले एक कार्यक्रमको आयोजना गरी छात्रा कवड्डीमा द्धितिय हुने छात्राहरु थमा घर्तिमगर, नेहा घर्ति, सृष्टि रिजाल, साक्षी खत्री, बिशाका केसी, कृतिका चौधरी, मिलन पोख्रेल, प्रसंसा पौडेल, सलिना ज्ञवाली र एन्जिला डाँगी र छात्रा तर्फ २०० मिटर दौडमा द्धितिय हुने मिलन पोख्रेललाई नगद ३ हजार ५ रुपैया, प्रसंसा पत्र, मेडेल, डायरी र खादा ओढाएर सम्मान गरिएको थियो ।

त्यसैगरी छात्रा तर्फ ६० मिटरको दौडमा तृतीय हुने रितु चौधरीलाई नगद २ हजार ५ रुपैया प्रसंसा पत्र, मेडेल, डायरी र खादा ओढाएर सम्मान गरिएको थियो ।

 ज्योतिपुञ्ज एजुकेशन ग्रुपद्धारा सञ्चालित ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय घोराही र ज्योतिपुञ्ज मोडेल इङलिश स्कुल रामपुरबाट राष्ट्रपति रनिङ शिल्ड तथा नगर प्याब्सन तथा जिल्ला प्याब्सन स्तरीय खेलकुद र साहित्यिक विधाका सवै प्रतियोजितामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको घोषणा गरेको छ ।

प्रतियोगितमा प्रथम हुने विद्यार्थीलाई प्रति विद्यार्थी ५ हजार ५ रुपैया, द्धितिय हुने विद्यार्थीलाई ३ हजार ५ रुपैया र तृतीय हुने विद्यार्थीलाई २ हजार ५ रुपैया नगद पुरस्कार, सहित सम्मान गर्ने निर्णय गरिएको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय घोराहीका प्रिन्सिपल बुद्धिराज अधिकारीले जानकारी दिए ।

अतिरिक्त कृयाकलापमा सहभागि हुने विद्यार्थीहरुको मनोवल बढाउनका लागि समूहगत वा ब्यक्तिगत दुवैमा सहभागि हुने विद्यार्थीहरुलाई प्रति विद्यार्थीका हिसावले नगदै पुरस्कार दिन शुरु गरिएको प्रिन्सिपल अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ पुष ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *