२०८१ असार ८ गते शुक्रवार

सुन तोलामा ६ सय रुपैयाले बढयो,बिहीबार कतिमा भैरहेको छ कारोबार ?

काठमाडौं,जेठ ३ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार ६०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुन १ लाख ४० हजार रुपैयाँ र १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।

हिजो छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

वैशाख ९ गते त्यसअघिका सबै रेकर्ड तोडेर सुन प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

साथै चाँदीमा पनि प्रतितोला ६० रुपैयाँले बढेको छ । यससँगै चाँदीको मूल्य प्रतितोला एक हजार ८०५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *