२०८२ असार १ गते सोमवार

काठमाडौंमा थप दुई महिना निषेधाज्ञा

काठमाडौं,फागुन ५ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्रको समयावधि थप दुई महिना लम्ब्याएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माका अनुसार यसअघि शुक्रबारसम्म कायम भएको निषधाज्ञालाई थप दुई महिनाका लागि निरन्तरता दिइएको हो ।

प्रशासनले माइतीघर मण्डलदेखि बानेश्वर चोकसम्म, शीतल निवास, उपराष्ट्रपतिको हरित गृह, प्रधानमन्त्री निवास, संसद भवन नयाँ बानेश्वर र सिंहदरबार आसपासलाई लक्षित गरी निषेधित क्षेत्र तोकेको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *