२०८० फाल्गुन २० गते आइतवार

तुलसीपुर यातायात प्रालिद्धारा थप सुविधा सम्पन्न बस सञ्चालन


तुलसीपुर, माघ ४ । तुलसीपुर यातायात प्रालिले नयाँ एयर बस सञ्चालनमा ल्याएको छ ।

दाङ–काठमाण्डौ रात्रि सेवाका लागि सुविधा सम्पन्न एसि बस थपगरेको प्रालिका अध्यक्ष पवनराज बुढाथोकीले जानकारी दिए । यस अघि स्तरिय एसि र डिलक्स सहितका रात्री बस सेवा दिई रहेको यातायात प्रालिले यात्रुहरुको माग र सुबिधालाई मध्यनजर गदै बुधवार देखि थप २ वटा सुविधा सम्पन्न एसीबसहरु थपगरि काठमाण्डौ रुटमा सञ्चालन गरेको अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

‘४० सिटे एसी बसहरु यस अघिनै हामीहरुले दाङ–काठमाण्डौ रुटमा सञ्चालन गरेका थियौ तर थप सेवाका लागि थप बसहरु थपगरी सेवा विस्तार गरेकाछौं –अध्यक्ष बुढाथोकीले भने ।’ समय अनुसार यात्रुहरुको चाहना र आरामदायि यात्राका लागि दिन प्रतिदिन सुविधा सम्पन्न सेवाहरु थप गदै लगेको उनले जानकारी दिए ।

हाल नयाँ सञ्चालन भएका एसी बसको भाडा दाङ– काठमाण्डौको लागि १७ सय ९० रुपैयाँ रहेको छ। तुलसीपुर यातायात प्रालिले देशका ठुला शहर र छिमेकी जिल्ला तथा नगरपालिका गाउँपालिकामा भित्र सवै स्थानमा सेवा प्रदान गदै आएको छ ।

साथै यातायात प्रालिले पछिल्लो समयमा सितलहर सुरु भएको भन्दै हुस्सु र कुहीरोमा दुर्घटना हुने जोखिम भएकाले त्यस तर्फ सावधानी अपनाउन सवैलाई आग्रह गरेको छ ।

विहान र साँझको समयमा ढुडी लाग्ने भन्दै सजक भई यातायात सञ्चालन गर्न यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय सदस्य समेत रहेका बुढाथोकीले सवैलाई आग्रह गरे । ट्राफिक नियमको पालना गरि यात्रुहरुलाई यात्रुमैत्रि वातावारणमा यात्रा गराउन चालक सहचालक आग्रह समेत गरिएको छ ।

प्रकाशित मिति : २०८० माघ ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *