तुलसीपुर,असोज ३ । त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिले थप स्तरिय बस सञ्चालनमा ल्याएको छ ।
सेभेन स्टार,स्लिपर,किङ स्टार हुँदै बुधबारदेखि सेभेन स्टार एसी स्लिपर सब सेवा सुरु गरेको प्रशासनिक सचिव प्रकाश भट्टले जानकारी दिए ।
यात्रुहरुको मागलाई मध्यनजर गर्दै पहिले चारणमा चारवटा सेभेन स्टार एसी स्लिपर सब ल्याएको र तत्कालै थप चारवटा सेभेन स्टार एसी स्लिपर सब ल्याउने योजना रहेको सचिव भट्टले जानकारी दिए ।
प्रालिले सञ्चालनमा ल्याएको सेभेन स्टार एसी स्लिपरको पहिलो बस आज बेलुका ५ बजे दाङदेखि काठमाण्डौ जाँदै छ । बाँकी बस सञ्चालनका लागि बिहीबार समय निर्धारण हुने भट्टले बताए ।
सचिव भट्टका अनुसार पहिलो चरणमा दाङ काठमाण्डौ सेभेन स्टार एसी स्लिपर सब सेवा सुरु गरेको प्रालिले केही दिनमै दाङबाट डिल्ली र काकड्भिट्टा लगायत लामोदुरीमा यो बस सञ्चालन गर्ने तयारी रहेको छ ।
खासगरी प्रालिले नजिकिदै गरेको चार्डपर्वलाई मध्यनजर गर्दै यात्रुहरुलाई आरामदायी यात्राको लागि सेभेन स्टार एसी स्लिपर बस सञ्चालनमा ल्याएको उनले बताए ।
बसमा यात्रा गर्दा यात्रुहरुले पानी, विस्कुट, नम्किन निशुल्क पाउनेछन् । प्रालिमा साना ठुला गरी ६०० बढी सवारी दर्ता भएका छन् ।