२०८२ माघ ४ गते आइतवार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक प्रक्राउ

तनहुँ,भदौ १२ । तनहुँमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक विद्यालयका प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ऋषिङ गाउँपालिका–७, ज्यामिरेमाइ आधारभूत विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अवदेश विष्टका अनुसार थापालाई लमजुङको भोर्लेटारबाट पक्राउ गरिएको हो।

गत साउन ३१ गते प्रधानाध्यापक थापाले १२ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै परिवारले प्रहरीमा उजुरी दिएका थिए।

प्रहरीमा उजुरी दिएपछि फरार रहेका उनि सोमबार पक्राउ परेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८० भाद्र १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *