२०८२ माघ १ गते बिहिवार

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

पाल्पा,भदौ ११ । पाल्पामा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

दुर्घटनामा सल्यानको कालीमाटी गाउँपालिका वडानम्बर–२ का नरेश घर्ती मगरको मृत्यु भएको हो ।

तानसेन तम्घास सडक खण्डको तानसेन–१४ जोर्ते नजिक अर्गलीमा भएको दुर्घटनामा घाइते भएका नवलपरासी सरावल गाउँपालिका–१ का प्रकाश थारूको मिशन अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाइते थारु मोटरसाइकलको पछाडि बसेका थिए ।

गएराति लु ४२ प ६७०९ नम्बरको मोटरसाइकल सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *