२०८२ माघ ३ गते शनिवार

गृहमन्त्री श्रेष्ठलाई कालो झण्डा देखाउने ५ जना पक्राउ

बिरगञ्ज,भदौ १० । वीरगन्जमा गृहमन्त्री नारायण काजी श्रेष्ठविरुद्ध नाराबाजी गर्ने ५ जना युवा पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवनको उद्घाटन गर्न वीरगन्ज आइपुगेका गृहमन्त्री नारायण काजी श्रेष्ठविरुद्ध आइतबार बिहान हिन्दु स्वयम् सेवक संघका युवाहरुले गौहत्या गर्नेलाई कारबाही नगरेको भन्दै विरोध प्रदर्शन गर्दै नाराबाजी गरेका थिए।

गृहमन्त्रीको अगाडी कालो झन्डा देखाई विरोध र नाराबाजी गर्ने ५ जना हिन्दु युवाहरुलाई पर्सा प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा स्थानीय युवा प्रज्वल डंगोल, मुन्ना गुप्ता, विशाल गुप्ता, राजा गुप्ता र जितेन्द्र सर्राफ रहेको हिन्दु स्वयंम सेवक संघले जनाएको छ।

धरानमा गौहत्या गर्नेहरूलाई कारबाही गर्न ढिलाइ गरेको भन्दै स्थानीय हिन्दु युवकहरूले ‘गृहमन्त्री मुर्दावाद’ लगायतको नाराबाजी गर्दै विरोध जनाएका थिए।

प्रकाशित मिति : २०८० भाद्र १० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *